ताजा अपडेट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अर्घाखाँचीमा व्यापारीहरुले वर्षौदेखि ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुना ब्याज असुल्दै

लुम्बिनी दर्पण २०७८ कार्तिक ६, शनिबार १५:१४
[sharethis-inline-buttons]

अर्घाखाँची ,कात्तिक ६

अर्घाखाँची जिल्लामा व्यापारीहरुले वर्षौदेखि ‘मिटर ब्याज’ लगानी गरी पाँचौं गुना ब्याज असुल्दै आएका छन् । जिल्लामा गैरकानूनी मानिएको ‘चक्रवर्ती ब्याजुको अवैधधन्दा गरी व्यापारीहरुले वर्षौदेखि पाँचौं गुना ब्याज असुल्दै आएका हुन् ।

अर्घाखाँचीका केही नाम चलेका ठेक्दार, व्यापारीहरुले मिटर ब्याज लगानी गरेर सहीछाप तमसुक, भरपाई गराएर पीडितबाट नगद, सरसामान तथा सुनचाँदी जफत समेत गर्दै आएका छन् ।

जिल्लामा कयौ पीडितहरु त मिटर ब्याज व्यापारीहरुका कारण आफ्नो सारा रकम, घरजग्गा समेत लिलामी हुने अवस्थामा पुगेका छन् । तर पीडितहरूले प्रहरी, प्रशासनिक निकायसम्म उजुरी गर्ने हिम्मत नगर्दा अर्घाखाँचीमा ुमिटर ब्याजुको अवैधधन्दा मौलाउँदै गएको छ । भने छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको देखिन्छ ।

सन्धिखर्कका एक मिटर ब्याज पीडित भन्छन्, सन्धिखर्कका एक जना निर्माण व्यवसायीसँग ५ वर्ष अगाडि ६ लाख लिएको थिए । ब्याज तिर्दै आएको छु अहिलेसम्म ७ लाख तिरी सके । तर उसले मेरो ६ लाखको बैंक चेक र तमसुक गराएर राखेको छ । उ मेरो आफन्त हो । उनी भन्छन्, ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ। “भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ।”

यस्तै सन्धिखर्कका खनाल थरका अर्का पीडितको समस्या कहाली लाग्यो छ, ४ वर्ष अगाडि जग्गाको काम र सामाग्री खरिद गरे बपत एक जना निर्माण व्यवसायीलाई १२ लाख बराबर रकम दिनुपर्ने थियो, साथै उसले उतिबेला त्यो १२ लाखको तमसुक(सहीछाप गराएर, चेक पनि लिएको थियो, उसले पाँचौं गुना ब्याज असुल्दै अहिलेसम्म क्यास ७ लाख बढी लगिसक्यो तर पुरानो पुरा हिसाब तिर्न धम्की दिएको छ । त्यो मात्र होइेन उसले जवर्जस्ती तमसुक, चेक देखाएर, चेक बाउन्स गरी उजुरी( मुद्दा गर्छु भनेर धम्की दिएको छ । १ घडेरी बेचे, अर्को रुपेन्देहीको बेच्न मान्छे खोजेको छु ।

सन्धिखर्कका एक नाम नबताउने व्यापारीका अनुसार मिटर ब्याजको कारोबारमा यहाँ तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मासिक सातदेखि ११ प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको १३ देखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन् ।

जिल्लामा ‘मिटर ब्याज’ लगानी गर्नेमा निर्माण व्यवसायी, ठेक्दार, राजनितिक दलका स्थानिय नेताहरु, उद्योगी सानातिना व्यापारीहरु लगायत गरी २०० जनाको हाराहारी रहेको अनुमान गरिएको छ । जसमा १० जना महिलाहरु पनि यो धन्दामा लागेका छन् । भने केही सुनको कारोबारमा समेत संलग्न रहेको बताइएको छ ।

सन्धिखर्कका एक पीडितले नाम नबताउने सर्तमा भनेस मैले एक महिलासँग आफ्नो ५,७ तोला सुन धितो राखेर फरक(फरक समयमा पैसा लिएको थिए । महि ना(महिनामा ब्याज तिरेको छु, ूसुनको मुल्य बराबर ब्याज उसलाई तिरी सकेू, जिन्दगी उसलाई ब्याज तिर्दा जाने भयो ।

अर्घाखाँचीमा विशेषगरि मिटर ब्याज पसल, व्यापार गर्न, जुवातास खेल्ने, घरजग्गा, विदेश जान तथा अन्य प्रयोजनका लागि समेत लिने गरेका छन् । मिटर ब्याजमा रकम लगाउनेहरुले सामान्य ब्याजदर भन्दा धेरै रकम लिने गरि लगानी गर्ने गर्दछन् । यदि कसैले एक लाख रुपैयाँ पैसा माग्यो भने दिँदा नै ३० हजार ब्याज स्वरुप लिने र ७० हजार रुपैयाँ दिने पनि गर्छन् । भुक्तानी गर्नेले एक लाख रुपैयाँकै ब्याज बुझाउनुपर्ने हुन्छ । महिना पूरा भएपछि दिनको हजार रुपैयाँ ब्याज लिने गरिएको छ । ऋण लगेको रकम अनुसार यसको ब्याज तिर्ने दर फरक–फरक हुन्छ । साँवा रकम भन्दा ब्याज धेरै भएर ऋणीले तिर्न नसक्दा सबै गुमाउनु पर्ने अवस्था छ ।

अर्घाखाँचीमा सुनचादी व्यवसायी, फेन्सी, औषधी व्यवसायी पनि मिटर व्याजमा आकर्षत भएका देखिन्छन् ।

कसैले पैसा असुल्न तमसुक, चेक बाउन्स गराए उजुरी गर्न सकिने

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मिटर ब्याजसँग सम्बन्धित कुनै पनि उजुरी प्रहरीमा परेको छैन् । मिटर ब्याजपनि अपराध अन्तरगत पर्छ ।

समाजमा विकृति र अपराध निम्त्याउने यस प्रकारका काम गर्नेलाई कानुनले छुट दिदैन् । जिल्लामा कसैले चेक र तमसुक गराएर मिटर ब्याज लगानी गरेमा नछोड्ने र यस्ता कार्य गर्नेको बारेमा सुचना दिन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । पैसा असुल्न चेक बाउन्स गर्ने, तमसुक गराउनेलाई कानुन बमोजिम कारबाही हुन्छ ।

साथै कसैले चेक र तमसुक गराएर मिटर ब्याजमा पैसा लिएको छ भने पीडितले त्यो नतिर्न र उजुरी गर्न प्रहरीको सुझाव छ । कसैले जवर्जस्ती तमसुक, चेक बाउन्स गरेर मुद्दा गर्छु भनेर धम्की दिए तुरुन्त प्रहरीलाई संपर्क गर्न सकिने समेत बताएको छ । प्रहरीका अनुसार गत वर्ष एक जना व्यापारीले “सापटी लगेको पैसा फिर्ता भएन, छलफल गराई दिनुप(यो भनेर आएका थिए, “छलफल गर्दै जाँदा मिटर ब्याज, स्रोत नखुल्नेस लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भनी अदालत जान सुझाएका थियौ । सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी गर्‍यो भनेर गुनासो गर्न आउने, “ठगीको मुद्दाका रुपमा प्रहरीमा आएपनि बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ ।

मिटर व्याजमा रकम दिएका व्यक्तिले पहिलेनै चेक लिएको हुनाले कानुनी रुपमै बलियो भएर बसेको पाइन्छ । मिटर व्याजको घटना तब बाहिर आउँछ जब पीडितले प्रहरीकहाँ जानकारी गराउछ । नत्र प्रहरीलाई यस सम्बन्धी कारवाही र कानुनी दायरामा ल्याउने काम भनेको फलामे चिउरा चपाउनु जस्तै हो ।

मिटर व्याजको खेल

मिटर घुमेजस्तै व्याज रकम फनफनी घुमेर जोडिने रकम हो मिटर व्याज । लिएको वा दिएको रकमको चर्को व्याज जोडिदै जान्छ अनि छोटो अवधीमै साँवा ?


प्रकाशित : २०७८ कार्तिक ६, शनिबार १५:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

भर्खरै

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech