
लुदअ कपिलवस्तु, कात्तिक ६
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज शनिबार मुलुकभर ६ हजार सात सय ४२ वडा मध्ये प्राय सबैमा वडास्तरका अधिवेशन सम्पन्न भएका छन् ।वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो ।
यसैविच नेकपा एमाले कपिलबस्तुले जिल्लाका ९६ वटा वडा मध्ये आज ९२ वटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । एमाले प्रचार विभागका अनुसार कपिलवस्तु नगरका २ वटा वडा यशोधराका १ वटा वडा र बुद्धभूमीका १ वटा वडामा प्रविधिक कारणले वडा अधिबेशन सम्पन्न हुन नसेको र भोली नै वडा अबिधेशन हुने एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलको बुद्ध खवरलाई जानकारी दिनु भयो । उहासंग हामी प्रत्यक्ष संवाद केहिछिन पछि गर्नेछौं । त्यो भन्दा अघि एमाले अधिबेशनको ताजा अपडेड प्रस्तुत गर्दैछौं ।
बाणगंगा नगरपालिकाका ११ वटै वडामा वडा एमालेको अधिवेशन सम्पन्न भएका छन् । बाणगंगा नगर कमिटीका अध्यक्ष यूवराज पोख्रलले दिएको जानकारी अनुसार वडा नं १ मा गंगा कुमारी भटराईको अध्यक्षतमा वडा कमिटी बनेको छ । यस्तै वडा नं २को अध्यक्षमा नहकुल शाही, ३ को अध्यक्षमा खगेन्द्र घिमिरे, ४ को अध्यक्षमा देवि पाण्डे, ५ को अध्यक्षमा वावुराम अर्याल ,६ को अध्यक्षमा नमनारायण शर्मा न्यौपाने सर्ब सम्मत रुपमा निर्वाचित हुनु भएको छ । वडा नं ८ को अध्यक्षमा गिता भुसाल, ९को अध्यक्षमा विन्द्र वहादुर गुरुङ, १० को अध्यक्षमा शिवचरण चौधरी र वाणगंगा वडा नं ११ को वडा कमिटी अध्यक्षमा चेतनारायण ढकाल सर्ब सम्मत रुपमा निर्वाचित हुनु भएको छ । बाणगंगाका वडा कमिटी प्राय विधान अनुसार पूर्ण क्षमतामा ३१ सदस्यीय गठन भएका छन् ।
नगर अबिधेशनकालागि प्रतिनिधी छनौट समेत सर्ब सहमत रुपमा भएको छ । विभिन्न वडाहरुमा भएको अधिबेशनलाई केन्द्रिय नेताहरु गिरधारीलाल न्यौपाने, विमला घिमिरे, नेता वलराम अधिकारी जंजिर थारु डम्मर शर्मा, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, सचिव वावुराम आचार्य, उपसचिव विश्राम थारु लगायतका नेताहरुले उद्घाटन गर्नु भएको नगर अध्यक्ष पोखरेलको भनार्इ छ । उहाँले नव निर्वाचित नेतृत्वलाई बधाई र खटिने सबैमा आभार प्रकट गर्नु भएको छ ।
यता कपिलवस्तु नगरपालिकामा भएको वडा अधिबेशनवाट वडा नं १मा टिकाराम पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्बसहमत रुपमा गठन भएको छ । त्यस्तै वडा नं २ मा जाफर अलिको अध्यक्षतामा १३ सदस्यीय, वडा नं ४ मा युनुश मुसालमानको अध्यक्षतामा १५ सदस्यीय, वडा नं ६ मा यमलाल भुसालको अध्यक्षतामा १९ सदस्यीय एमाले वडा कमिटी सर्बसहमत रुपमा गठन भएका छन् । कपिलवस्तु नगरपालिकाको वडा नं ७ मा बृज विलास सिंहको अध्यक्षतमा २१ सदस्यीय वडा सकृयदल गठन भएको छ । वडा नं ९ मा रिसव पौडेलको अध्यक्षतामा २१ सदस्यीय, वडा नं १० मा कमल हमालको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएका छन् ।
यस्तै कपिलवस्तु नगरपालिकाकै वडा नं ११ मा अभिरुल्लाह फकिरको अध्यक्षतामा २१ सदस्यीय , वडा नं १२ मा राम बृक्ष कोहारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएका छन् । कपिलवस्तु नगरपालिकाका विभिन्न वडाहरुमा एमालेका प्रदेश नेताहरु शान्तिदेवि चमार , खुम प्रसाद आचार्य ,आजाद अहमद दर्जी , शारदा शर्मा , जिल्ला उपाध्यक्ष वावुराम खनाल, जिल्ला सदस्य शरिता आचार्य , हिरालाल पौडेल , भेषराज पाण्डे राम मिलन थारु , किरण देवकोटा ,सुन्दर पाण्डे लगायतले वडा अबिधेशनको समुद्घाटन गर्नु भएको एमाले कपिलवस्तु नगर अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनु भयो ।
यस्तै महराजगंज नगरपालिकाको वडा नं १ को अध्यक्षमा जगदिश तेली, २को अध्यक्षमा हेमन्त कुमार चौहान,३को अध्यक्षमा मोहम्मद अलि फकिर,४को अध्यक्षमा मकवुल प्रसाद चौधरी, ५ को अध्यक्षमा धर्म किशोर मौर्य, ६ को अध्यक्षमा शिवपुजन यादव ७ को अध्यक्षमा सलिम मुसलमान, ८ को अध्यक्षमा कृष्ण प्रसाद कोहार, ९ को अध्यक्षमा इलियास अहमद १०को अध्यक्षमा फरिद अहमद र ११ को अध्यक्षमा मनिराम गुप्ता निरविरोध निर्वाचित हुनु भएको छ ।
महाराजगंगका वडा अधिबेशनको उद्घाटन एमालेका प्रदेश नेता टेकराज पौडेल डम्मर शर्मा, जिल्ला नेता मेराज खान लगायतले गर्नु भएको थियो । यस्तै शिवराज कृष्णनगर लगायतका नगरपालिका र विजयनगर मायादेवि शुद्धोधन लगायतका सबै गाउपालिकामा अधिबेशनहरु सम्पन्न भएका छन् ।