एमाले बाणगंगा ६ को अध्यक्षमा उपाध्याय

ByLumbini Darpan Online

६ कार्तिक २०७८, शनिबार २०:२० ६ कार्तिक २०७८, शनिबार २०:२० ६ कार्तिक २०७८, शनिबार २०:२०

थानेश्वर अधिकारी ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बाणगङ्गा नगरपालिका वडा नं.६ को प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्पन्न भेलाले नमनारायण उपाध्यायको अध्यक्षतामा २१ सदस्सिय वडा कमिटी सर्व सहमतीबाट चयन गरेको छ ।

जसको उपाध्यक्षमा हिरालाल चौधरी, सचिवमा देवि प्रसाद पोख्रेल ,उपसचिवमा सरिता थारु र शान्ता खनाल रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । बाँकी सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष उपाध्यायले बताए । अधिवेशनबाट ७ जना महिला र ११ जना पुरुष गरी १७ जना नगरप्रतिनिधि सर्वसहमतीबाट चयन गरेको अध्यक्ष मण्डलका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला सचिवालय सदस्य तेजेन्द्र बहादुर पाण्डेय जानकारी दिएका छन् ।

कार्यक्रममा युवा संघ बाणगंगा नगरपालिका वडा नं ६ का अध्यक्ष रन बहादुर काउचा ,बाणगंगा नगर सचिवालय सदस्य तथा बाणगंगा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सुकदेव थारु, पार्टी जिल्ला सचिवालय सदस्य रिता चौधरी, तेजेन्द्र बहादुर पाण्डेय, नेकपा एमाले जिल्ला उप सचिव तथा संविधान सभा सदस्य बिश्राम प्रसाद थारु लगाएतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।
अधिवेशनको बन्द शत्र अध्यक्ष मण्डलका संयोजक तेजेन्द्र पाण्डेयको अध्यक्षता, नेकपा एमाले जिल्ला उप सचिव तथा संविधान सभा सदस्य बिश्राम प्रसाद थारुको प्रमुख आथित्यता र सदस्य ठाकुर प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *