
संगीता भुसाल ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) कपिलवस्तु नगरपालिका वडा नं.६ को प्रथम वडा अधिवेशन शनिबार बर्मेली टोलमा सम्पन्न भएको छ । सम्पन्न भेलाले यमलाल भुसालको अध्यक्षतामा १६ सदस्सिय वडा कमिटी सर्व सहमतीबाट चयन गरेको छ ।
जसको उपाध्यक्षमा रामसरी सुनार, सचिवमा साधु शरण यादव ,उपसचिवमा कृष्ण यादव र गंगा नाऊ रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । बाँकी सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष भुसाल बताए । अधिवेशनबाट १२ जना नगरप्रतिनिधि सर्वसहमतीबाट चयन गरेको छ ।
भेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सदस्य तथा कपिलवस्तु नगरपालिकाका अध्यक्ष भेषराज पाण्डे, श्याम प्रजापती , भोजराज खनाल ,राम दिनेश यादव लगाएतले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।