
बुटवल,कार्तिक ९
रुपन्देहीको कञ्चन गाउँपालिकामा फोटोसहितको राष्ट्रिय परिचयपत्र बनाउने टोलीको क्यामेरा नै चोरी भएको छ ।गयराती कञ्चन–४ अस्नैयामा अवस्थित रुद्रपुर माध्यमिक विद्यालयमा रहेको परिचयपत्र बनाउने केन्द्रबाट २ वटा डिएसएलआर क्यामेरा चोरी भएको हो ।
विद्यालयमा परिचयपत्र बनाउने कोठाको ढोका फोडेर क्यामेरा चोरी भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले दिएको जानकारी दिएको छ।
विद्यालयमा रहेका चौकिदार हेमलाल राना खाना खानका लागि घरमा गएको मौका पारी ढोका फोडेर चोरी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
हाल १ लाख ३० हजार पर्ने २ वटा क्यामेरा चोरि भएपछि अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र कुमार मल्लले जानकारी गराए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ।