
लुदअ कपिलवस्तु, १० कात्तिक
एमाले मायादेवी गाउँपालिकाको प्रथम गाउँ अधिवेशनबाट जगन्नाथ चौधरीको अध्यक्षमा नेतृत्वमा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको एमाले मायादेवीले जनाएको छ । जसको उपाध्यक्षमा शंकर प्रसाद चौधरी, सचिवमा विष्णु पाण्डे, उपसचिवमा माधुरी अग्रहरी, सैरु निशा सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष द्रोणराज सुवेदीले जानकारी दिनु भयो ।