
लुदअ कपिलवस्तु, कात्तिक ११
कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा सरसफाई कार्यक्रम गरिएको छ । युवा सामाजिक अभियन्तासमेत रहेका क्याम्पसका छात्र मधु सुदन भुसालको नेतृत्वमा सरसफाई कार्यक्रम गरिएको हो । म सफा गर्छु मेरो क्याम्पस भन्ने हेतुका साथ विगत लामो समयदेखि आयोजना गरिएका विभिन्न कार्यक्रम तथा अधिवेशनबाट भएको फोहोरलाई व्यवस्थापन गर्न सरसफाई गरिएको छात्र मधु सुदन भुसालले बताए ।
आफूले गरेको फोहोर कम्तीमा आफैले सफा गर्नुपर्ने भन्ने सन्देश दिनको लागी पनि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनले बताए । जिल्ला कै उत्कृष्ट क्यु.ए.ए. प्रमाण पत्र प्राप्त क्याम्पसलाई सुन्दर हराबरा बनाउन विधार्थीहरुले यस्ता कार्यक्रममा सहभागिता जनाउनुपर्ने दिवसराज पौडेलले बताए ।