
कपिलवस्तु, कात्तिक १२
कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाणगंगा नगरपालिका वडा नं.४ हरिहरपुर निवासी धिरु मल्लको मृत्यु भएको हो । उनको खेतमा माछा मार्ने क्रममा करेन्ट लाग्दाँ मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनलाई करेन्ट लागेपछि चारनम्बर जीतपुरस्थित सी एण्ड सी हस्पीटलमा ल्याईको थियो ।
केही दिनअघि परेको बेमौसमी बर्षाले तराईका जिल्लामा पानी भरिएको थियो । सोही कारण पनि खेतमा पानी भरिएकाले समस्या हुदै आएको छ ।