हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय युवा संघ नेपाल बाणगंगा ८ वडा कमिटि तिब्र गतिमा टोल कमिटि गठनमा लागेको छ । जिल्लाका अन्य पालिकामा समेत कमिटि गठन नहुंदा वडा नं. ८ मा जिल्लामै सबैभन्दा अगाडि टोल कमिटि गठन भएको हो ।
सोहि क्रममा शनिवार मोर्मि टोल कमिटि गठ गरिएको छ ।
मोर्मीमा कृष्ण पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय राष्ट्रिय युवा सघं नेपालको टोल कमिटी गठन भएको छ । मोर्मिमा आयोजित टोल स्तरिय भेला तथा अधिवेशनबाट पाण्डेको अध्यक्षतामा टोल कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा कमला पौडेल, सचिवमा गोपाल खनाल, कोषाध्यक्षमा मधु पाण्डे र सह-सचिवमा बिक्रम घिमिरे चयन भएका छन् ।
निर्वाचित पदाधिकारीलाई राष्ट्यि युवा सघं नेपालका केन्द्रिय स्थायी कमिटि सदस्य गोपाल मणि ज्ञवालीले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय स्थायी कमिटि सदस्य गोपालमणि ज्ञवालीले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहम हुने बताए । संगठनका जिल्ला ईन्चार्ज समेत रहेका ज्ञवालीले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमालेको विकल्प नरहेको बताए । ज्ञवालीले स्थानीय हरेक विकास निर्माणका काम, विभिन्न सामाजिक संस्थामा पार्टीकै ब्यक्तिले नेतृत्व लिन आवश्यक रहेकोमा जोड दिए ।
पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य, अनेरास्ववियु केन्द्रिय कमिटि सचिवालय सदस्य, लुम्बिनी प्रदेश सह- ईन्चार्ज तथा जिल्लाका विद्यार्थी ईन्चार्ज टुकलाल गैरेले युवा संघ रहर लाग्दो, भर लाग्दो र डर लाग्दो हुनुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका गैरेले पार्टी जटिल स्थितीमा भएकाले जोगाउनका लागि हरेक जनवर्गीय संगठनको अहम भूमिका रहने बताए ।
पार्टीका वडा कमिटि अध्यक्ष गीता भुसालले पार्टी एकता पछि विभिन्न कारणले पार्टी तथा जनवर्गीय संगठनका कार्यक्रम निरन्तर रुपमा गर्न नसकिएको भन्दै अहिले भने तिब्र गतिमा संगठनका विस्तारका काम भईरहेको बताईन् । पार्टीलाई जोगाई मजबुत र बलियो बनाउन र देशको विकासका लागि युवा संघको ठुलो हात हुने बताईन् । वडा नं. ८ मा युवाहरु सक्रिय रुपमा लागेको भन्दै पार्टीबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
युवा संघका जिल्ला अध्यक्ष बिजय कुंवरले संगठनलाई मजबुत र बलियो बनाउन सबै लाग्नुपर्ने बताए । युवा संघ केन्द्रिय कमिटि सचिवालय सदस्य तथा पार्टीका जिल्ला सदस्य रहेका कुवंरले युवा संघले जिल्लामा गरेका कार्यक्रमहरुको बारेमा स्पष्ट पारे ।
कार्यक्रममा एमाले जिल्ला सदस्य वडा सह ईन्चार्ज कर्ण बहादुर लामा, पार्टीका नगर कमिटि सदस्य बिष्णु कंडेल, वडा कमिटि सदस्य टुकलाल भट्राई, युवा संघ नेपाल जिल्ला सदस्य विजय कुंवर, युवा संघ वडा ईन्चार्ज दिपक जिसि, अनेरास्ववियु जिल्ला सह संयोजक दयाराम पौडेल, एमाले बाणगंगा ४ वडा कमिटि सचिव निर्मल शर्मा लगायत पार्टी, पार्टीका जनवर्गीय संगठनका पदाधिकारी, सदस्य तथा नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय युवा सघं नेपालका वडा कमिटि सह सचिव बिष्णु भुसालको स्वागत मन्तब्य तथा युवा संघ नगर कमिटि सदस्य टंक प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















