
बुटवल ,कार्तिक १५
रुपन्देहीको तिलोत्तमामा कार दुर्घटना भएको छ। कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा १५ च ८५३७ नम्बरको कार सोमबार बिहान तिलोत्तमा नगरपालिका(१५ कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा चढेर बुद्धको मूर्तिमा समेत ठोक्किन पुगेको थियो ।
दुर्घटना हुदा बुद्धमूर्ति क्षत–विक्षत भएको छ भने कारमा पनि क्षति पुगेको छ । दुर्घटनामा परी कारका चालक ओमसतिया गाउँपालिका(१ का ४३ वर्षीय प्रकाश बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।