
काठमाडौं ,कात्तिक १५
पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना संक्रमित थपिदा ४९० जना निको भएका छन्। देशभर गरिएको ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशमा ९ हजार ३१८ सक्रिय संक्रमित छन्।
उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४१ जना आइसीयू र ७४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।