लुदअ कपिलवस्तु, कार्तिक १६
कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा मंगलबार बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले कृषि विकास शाखाको बजेट स्वीकृत गरेको वडा नं.२ का वडाध्यक्ष समेत रहेका नगरका प्रवक्ता विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । जसअन्तरगत कृषीसंग सम्बन्धित विभिन्न कृषी उपज खरिद, कृषी उपकरण तथा विउविजन रहने छन् ।
यस्तै बैठकले होमस्टे संचालनका लागी कार्यविधि स्वीकृत गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । पौडलका अनुसार बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रम पनि स्वीकृत गरेको छ । जसअन्तरगर्त खानेपानी तथा सरसफाई तर्फको रु.८ लाख महेन्द्र मा.वि. कोपवाको शौचालय निर्माण लागी रहने छ ।
यस्तै बैठकले शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगरवासीलाई शुभकामना दिर्दै चार्डपर्व संयमित भएर मनाउन तथा कम खर्चिलो गराउन आग्रह गरेको छ । नगरले जिल्ला प्रशासनले जारी गरेको निर्देशिकालाई मध्येनजर गरेर देउसीभैलोका गतिविधि संचालन गर्न पनि आव्हान गरेको छ ।


















