दाङ ,कार्तिक २२
सल्यानमा फेरी दुर्घटना भएको छ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक जीप सल्यान र दाङको सीमा नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा नं। ३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । घाइते १९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
दुर्घटना पश्चात जीप चालक फरार रहेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।