
तिलोत्तमा ,कात्तिक २६
रुपन्देहीको तिलोत्तमास्थित एक फनिर्चरमा आगो लाग्दा आठ करोडभन्दा बढीको क्षति आगो भएको छ। आगलागीका कारण भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि आठ करोड बढी क्षति अनुमान गरिएको हो । ७ घण्टापछि नियन्त्रणमा लिइएको छ । तिलोत्तमा नगरपालिका–१३ पथरडाँडामा रहेको एस श्री फर्निचर एण्ड फर्निसिङ बिहीबार साँझ साढेँ ५ बजेदेखि लागेको आगो मध्यराति १२ बजेपछि मात्रै नियन्त्रणमा आएको थियो ।
आगो निभाउन बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र भलवारीमा रहेको नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयको दमकल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।