
तिलोत्तमा , कात्तिक २७
रुपन्देहीको तिलोत्तमा १ ड्राइभरटोलमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही खानेपानी संस्था कर्मचारी समितीको आयोजनामा आनन्दवन शंकनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाल खानेपानी तथा सरसफाई महासंघ रुपन्देहीका अध्यक्ष धुव्रकुमार धितालले रक्तदान सामाजिक कार्यमा सबैभन्दा पुण्य काम भएको भन्दै आगामी दिनमा पुन यस्ता कार्य गर्न आग्रह गर्नुभयो ।
उहाँले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नहुने भन्दै खानेपानी कर्मचारीले पुण्यकामबाट सामाजिक कार्यको थालनी गरेकोमा धन्यवाद दिनुभयो ।
रक्तदान कार्यक्रममा आनन्दवन र्शकनगर खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका अध्यक्ष केशवराज न्यौपानेले संस्थाले स्थापनाको सुरुवातमै रक्तदान जस्तो पुण्य काम गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आफ्नै संस्थामा कार्यक्रम गरेको प्रति खुसी व्यक्त गर्दै आवश्यक सहयोग गर्ने बताउनुभयो ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिनेश आचार्यको स्वागत र संस्थाका सचिव सुर्य प्रसाद चापागाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।