
बुटवल ,कार्तिक २९
रुपन्देहीको बुटवलबाट प्रतिबन्धित रेडबुलसहित एक जना पक्राउ परेका छन । बुटवलको नेपालगञ्ज रोडबाट एक जना व्यापारीलाई प्रतिबन्धित रेडबुलसहित प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवल तथा वडा प्रहरी कार्यालय रामनगरको संयुक्त टोलीले गोपालसिद्ध किराना स्टोरबाट प्रतिबन्धित भारतीय रेडबुलसहित सञ्चालक ६७ वर्षीय कृष्णप्रसाद पोख्रेललाई पक्राउ गरेको हो ।
बिशेष सूचनाका आधारमा आइतबार साँझ पसलमा छापा मार्दा ३ लाख मूल्य बराबरको ११७ कार्टुन अवैध रेडबुल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।