
बुटवल ,कार्तिक २९
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ का ४८ वर्षीय चन्द्र प्रसाद अर्यालको ज्यान गएको हो ।
आइतबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सडकमा रोकी राखेको लु २ त ९७९९ नम्बरको ट्क्याटरमा लु ३३ प ७६१५ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका अर्यालको मणिग्राम स्थित क्रिमसन अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यलयले जानकारी दिएको छ ।