
बुटवल ,कात्तिक ३०
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ ।रुपन्देहीमा बन्दको प्रभाव देखिएको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आज नेपाल बन्द आह्वान गरेको हो ।
बुटवलमा मंगलबार बिहान सार्वजनिक सवारीहरू नचले पनि निजी सवारी साधन भने गुडिरहेका छन् । बुटवलका चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । काठमाडौँ र भैरहवातर्फ जाने बुटवलको मुख्य चोक राजमार्ग चौराहा सुनसान प्रायस् देखिन्छ । स्रोत नागरिक अनलाईनबाट