
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका दरखास्त स्थित दर्शन मल्टी अटो भिलेज एण्ड वर्कशपले महिन्द्रा कम्पनिको आधिकारीक सर्भिस सेन्टरको मान्यता पाएको छ । बालाजु अटो वक्र्शका सहायक प्रबन्धक युगल सिंगले रिवन काटेर समुद्घाटन गरेका हुन् ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका सिंले व्यवसायको प्रवद्र्धनका लागि विभिन्न जिल्लाहरुमा अटो व्यवसायहरुलाई मान्यता दिएको बताए । दर्शन मल्टी अटो भिलेज एण्ड वर्कशपको सफलताको शुभकामना व्यक्त गर्दै यसका संचालक र कर्मचारी सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । गुणस्तरिय सेवामा सधै ध्यान दिन आग्रह पनि गरे ।
त्यस्तै लोक शुसिला अटो वक्र्शका प्रबन्ध निर्देशक प्रतिक श्रेष्ठले शुभकामना मन्तब्य दिंदै सफलताको कामना गरेका थिए । कम्पनिले गरेका कार्यको बारेमा उनले स्पष्ट पारेका थिए ।
अब महिन्द्रा कम्पनिको आधिकारीक सर्भिस सेन्टरको रुपमा मान्यता पाएसंगै दिईने सेवा सुविधालाई अझ गुणस्तरिय बनाउने संचालक नरेन्द्र खाँणले बताए ।
मोहन बहादुर खाँणको अध्यक्षता, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला अध्यक्ष तथा बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाह, कपिलवस्तु उद्योग बाणिज्य संघका एसोसियट उपाध्यक्ष विरेन्द्र खाँणको आतिथ्यता, संचालक स परिवार, कर्मचारीको उपस्थिती रहेको कार्यक्रम लक्ष्मी खाँणको स्वागत रहेको कार्यक्रम हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।