
लुदस
साना किसान कृषि सहकारी संस्था निग्लिहवाले किसानहरुको सहजताका लागि जग्दिशपुरडाँडामा दुग्ध संकलन केन्द्रको आजबाट शुरुवात गरेको छ ।
संकलन केन्द्रमा पुजापाठ गरि कपिलवस्तु नगरपालिका वडा नं ९ का वडा अध्यक्ष शिव बहादुर वाग्लेले उद्घाटन गरेका हुन् । उद्धाटनका क्रममा वाग्ललेले आफु जहिलेपन किसानको पक्षमा रहेको बताउदै वडाले यसवर्ष कृषकमैत्री कार्यक्रमहरु धेरै ल्याएको बताए .
यस अगाडी जग्दिशपुर बजारमा रहेको संकलन केन्द्र बण्डौलीमा उधोगका रुपमा स्थानान्तरण भएपछी त्यसभेगका किसानहरुको गुनासोका आधारमा पाएक पर्ने स्थानमा संकलन केन्द्रको स्थापना गरेको संस्थाका प्रबन्धक बसन्त मुराउले बताए ।
संचालन शुरु गरेको केन्द्र जगदिशपुर,केबलपुर, जर्लैया, श्रीनगरडाडा चम्किपुर पाड्डी लगाएतका स्थानका कृषकहरु लाभान्वित हुने मुराउको भनाई छ ।
साना किसान जग्दिशपुरले यस अगाडी कुस्मामा संकलन केन्द्र स्थापना गरिसकेको छ भने दुग्ध जन्य पदार्थ विक्रिका लागि तौलिहवामा आफ्नै डिपो समेत संचालनमा ल्याएको छ । जिल्लामा सवैभन्दा कान्छो संस्थाका रुपमा रहेको संस्थाले छोटो अवधिमा उल्लेख्य प्रगति गर्न सफल भएको भन्दै साना किसान मोतिपुरका प्रबन्धक शालिकराम पौडेलले खुसि व्यक्त गरे ।
हाल संस्थामा दैनिक करिव २५ सय लिटर दुध संकलन हुदै आएको उद्योग समिति संयोजक कमला आचार्यले बताईन् । संस्थाले दुग्ध र पशुका क्षेत्रमा लगानी बढाएपछी पशु पालक कृषक बढदै गएको बताईएको छ ।
साना किसानले यस हरेक वर्ष घाँसको विउ, तरकारी खेतितर्फ च्याउको विउ, व्यावसायिक किसानहरुलाई २ सय प्याकेट सम्म वितरण गर्दै आएको संस्थाकि अध्यक्ष शशिकला मौर्यले बताईन् ।
उनले आगामी वर्ष लक्ष्य भन्दा दोब्बर दुग्ध संकलन हुने बताईन ।