
नुरमोहम्मद मुसलमान क.ब
आई एम स्विडिस डेपलपमेन्ट पार्टनरको सहयोग न्याय तथा अधिकार संस्था नेपाल जुरी नेपाल सिद्धार्थ समाजिक विकास केन्द्रको संयुक्त सहकार्यमा आज मायादेवी गाउँपालिकाको सामुदायिक अध्धयन केन्द्रमा वालविवाह अन्त्यका लागी रणनिति तथा परामर्श कार्यक्रम सपन्न भएको छ ।
रणनितिमा अन्तराष्टिृय महासन्धि र नेपालका प्रतिवद्धता, राष्ट्रिय निति तथा कानूनी व्वस्था, नेपालको संविधान २०७२, मुलुकी अपराध संहिता २०७४
मुलुकी फौजदारी कार्यविधी संहिता,मुलुकी देवानी संहिता २०७४,बालबालिका संबन्धी ऐन २०७५, बालबालिका संबन्धी राष्ट्रिय निति २०६९,स्थानिय सरकार संचालन ऐन २०७४, महिला विकास कार्यक्रम मार्गदर्शन २०७२, वालविवाह अन्त्यका लागी राष्ट्रिय रणनिति२०७२ प्रारम्भिक मस्यौदामा जुरी नेपालका अधिवक्ता तथा कार्यक्रम व्यावस्थापक विष्णु प्रसाद पोख्रेलले प्रारम्भिक मस्यौदामा छलफल गरेका थिए ।
नेपाल जनसंख्यिक तथा स्वास्थ सर्वेक्षण २०१६ ले नेपालमा १५ देखी ४९ वर्षका वैवाहिक उमरेका महिलाहरु मध्ये १३ प्रतिशत१५ वक्र्षको उमेरमा विवाह भएको देखिनछ भने ५२ प्रतिशतले १८ वर्षको उमेरमा विवाह गरेको देखिन्छ । केन्द्रीय तथ्याँक विभागको पपसलेशन मोनोग्राफ, सन २०१४,भाग २ समाजिक जनसंख्यिकी अनुसार१० देखी १८ वर्षउमेर समुहका बालबालिकामध्ये २६.३ विवाह तथा १७ देखी १८ वर्षउमेर समुहका बालबालिकाको विवाह कुल बालबिबाहको ७५.६६ प्रतिशत छ । कपिलवस्तु जिल्लामा महिला तथा बालबालिका कार्यालयले २०७३मा गरेको एक अध्ययनले ७४ प्रतिशत विवाह २० वर्ष नपूग्दै गरेको पाईएको छ । वालविवाह अन्त्यका लागी रणनितिमा उल्ल्ेख छ ।
गाउँकार्यपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी उपाध्यक्ष गिता तिवारी तथा पालिका सदस्यहरुले वालविवाह अन्त्यका लागी रणनितिमा सकारात्मक विचार व्यक्त गरेका थिए ।
सो कार्यमा प्रमुख भुमिका सिद्धार्थ समाजिक विकास केन्द्रका समाजिक अभियन्ता बरिष्ट सल्लाहकार पोम नारायण पौडेल जुरी नेपालका अधिवक्ता कार्यक्रम वकालत अधिकृत बालमाया विश्वकर्माको रहेको थियो ।