ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कांग्रेस कपिलवस्तुको चुनावमा १ हजार ७ सय ६५ मत खस्यो, मतगणना राती ९ बजेबाट हुने

लुम्बिनी दर्पण २०७८ मंसिर १२, आईतवार १९:३६
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, १२ मंसिर
नेपाली कांग्रेस कपिलवस्तुको निर्वाचन आइतबार (आज) भएको छ । शनिबार उम्मेद्वारको मनोनयन दर्ता गरी आइतबार निर्वाचन गर्ने कार्यतालिका बमोजिम ५२ सदस्यीय कार्य समितिको लागि मतदान भएको कांग्रेस कपिलवस्तुले जनाएको छ । जिल्ला सदरमुकाम तौलिहवामा रहेको बुद्धपद्म माविको प्राङ्गमा भएको निर्वाचनमा जिल्ला सभापतिका लागि दुई नेता प्यानल बनाएर चुनाव लडेका छन् । पार्टीका पूर्व जिल्ला सभापति भैसक्नुभएका राजेश आचार्य र वर्तमान जिल्ला उपसभापति अब्दुल कलाम जिल्ला सभापतिको दौडमा रहनुभएको हो । विहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म चलेको थियो ।

कुल १ हजार ८ सय १६ मतदाताले जिल्ला कार्यसमिति निर्माणका लागि मत दिएका छन् । १० पालिका, ६ प्रदेशसभा निर्वाचन क्षेत्र र ३ संघीय निर्वाचन क्षेत्रको नेतृत्व चुनावबाट हुँदै आएको कांग्रेस कपिलवस्तुमा जिल्ला कार्यसमितिका लागि पनि आइतबार निर्वाचन भएको हो । पार्टीको निर्वाचन आयोगका अनुसार कुल मतदाता मध्ये १ हजार ७ सय ६५ मत खसेको छ । ५५ मतदाता भोट दिनका लागि नआएको निर्वाचन आयोगले जनाएको छ । मतपरिणाम कसको पक्षमा आउने हो अहिल्यै भन्न सकिने अवस्था छैन् ।

दुवै प्यानल बीच कडा प्रतिस्पर्धा रहेको कारण यसले जित्छ भनेर भन्न सकिने अवस्था आएको हो । यद्यपि दुवै पक्षका उम्मेद्वार जित आ–आफ्नो हुने दाबी भने गर्दै आएका छन् । जिल्लामा रामचन्द्र पौडेल पक्ष बलियो देखिन्छ । यद्यपि प्रदेश र प्रतिनिधिसभाका क्षेत्रीय अधिवेशनको नतिजा फरक फरक आउदा पौडेल पक्ष जिल्ला अधिवेशनमा ढुक्क हुन सकेको छैन् ।

शेरबहादुर देउवा पक्ष भने यसभन्दा अगाडी सकिएका निर्वाचन परिणामले खुसी देखिएको छ । सभापतिका उम्मेद्वार आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय सहीत सुधाकर पाण्डेयले साथ दिएका छन् । उता खाँलाई बर्तमान पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीका केन्द्रिय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रिय सदस्य राजेश सिंहको साथ छ ।

आचार्यको प्यानलमा उप–सभापतिमा राम आशिष पाण्डेय, पदम खनाल, सचिवहरुमा सर्जु थारु र माधव पराजुली र सह–सचिवमा मोहोम्मद वजी अर्सद र राम चरित्र मौर्या रहेका छन् । यस्तै खाँको प्यानलमा उप–सभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सचिवमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह–सचिवमा बिन बहादुर बन्जाडे र बिरेन्द्र शुक्ला रहेका छन् । २ वटा उप–सभापतिका लागि ५ जना, २ वटा सचिवका लागि ४ जना र २ सह–सचिवका लागि ५ जनाको उम्मेद्वारी परेको छ । मतदान सकिएसंगै राति ९ बजेदेखि जिल्ला पार्टी कार्यालयमा मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ । आइतबार रातिसम्म नतिजा आउने विश्वास लिइएको छ ।


प्रकाशित : २०७८ मंसिर १२, आईतवार १९:३६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र
  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु
  • नेता मोहम्मद अफताब आलमको मृत्यु
  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने
  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर
प्रतिक्रिया

यो पनि पढौँ

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग

पिपरा कोठी वनको अध्यक्षमा झलक बहादुर कार्कीको उम्मेद्वारी, भोलि शनिवार निर्वाचन हुंदै

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

बैजलपुर सामुदायिक वनको १३ औं वार्षिक साधारण सभा सम्पन्न

स्वदेशमा उद्यम गर्दै भविष्य बनाइरहेका पौरखी युवा सुुदिप

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

भैरहवा विमानस्थलबाट थाई एयर एशियाले फेरी थाल्यो उडान

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech