ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कृषि विकास बैंक जितपुर शाखाद्धारा बाणगंगामा एक्सटेन्सन काउन्टर उद्घाटन

लुम्बिनी दर्पण २०७८ मंसिर १३, सोमबार १८:५०
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

स्थापनाकाल देखि कृषि क्षेत्रको विकास, ग्रामिण क्षेत्रको विकास, बैंकिक प्रथाको विकास गरि गरिवी निवारणमा सहयोग पु¥याउदै आईरहेको कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालय ४ नम्बर जितपुरले बाणगंगा नगरपालिकाको भवनमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ । वाणगंगा नगरपालिकाका नगर प्रमख मंगल प्रसाद थारुले रिवन काटेर एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभएको हो ।

नगर प्रमख थारुले कार्यक्रममा बोल्दै नगरपािलका र कृषि विकास बैंक सधै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । साथै उहाँले देश संघियतामा गए पछि नगरपालिका जनताको सिंहदरवार भएको समेत बताउनुभयो ।

कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक बाबु काजी थापाले नगरले बैंकलाई सधै साथ दिने र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा कृषिको आधुनिकिकरण र यान्त्रिकिकरण गर्न कृषि विकास बैंकको योगदान रहेको उल्लेख गर्दै बिदेशी दातृ निकायहरुले कृषि कर्जा तथा कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु कृषि विकास बैंक मार्फत सञ्चालन भईरहेको र आगामि दिनमा यस्ता कार्यक्रमहरु स्थानीय तहसंग समन्वय गर्दै कृषि कर्जा, पशुपालन कर्जा, पशु विमा र वाली विमालाई निरन्तरता दिने उल्लेख गर्नुभयो । साथै कृषि बिकास बैंकले कृषि कर्जा मात्र नभई अन्य वाणिज्य बैंकहरुले जस्तै उद्योग कर्जा, व्यापार कर्जा, एल.सि., बैंक ग्यारेण्टी लगायतका विभिन्न शिर्षकमा सेवा दिनुका साथै विभिन्न प्रकारका निक्षेप खाता, डिम्याट खाता, डिजिटल बैंकिक सुविधाहरुः मोवाईल बैंकिक, ईन्टरनेट बैंकिक, कनेक्ट आईपिएस, मेरो शेयर, रेमिट्यान्स जस्ता सुविधाहरु पनि उपलब्ध गराउदै आईरहेको बताउनुभयो । साथै उहाँले बैंकले सञ्चालनमा ल्याएको घरमै बसीबसी खोल्न मिल्ने अनलाईन बचत खाता, अनलाईन डिम्याट खाताको समेत प्रयोग गरि लाभान्वित हुन सबैलाई आग्रह गर्नुभएको थियो ।

बाणगंगा नगरपालिकाको सम्पुर्ण खाताहरुका बैकिंक कारोवारहरु सोहि बैंकबाट सञ्चालन भईरहेको साथै कर्मचारीहरुको तलवी खाता समेत सञ्चालनमा आईरहेको अवस्थामा सरकारी राजश्व संकलन, टेण्डर प्रक्रियाको सहजीकरण लगायत अन्य बैंकिक सुविधा उपलब्ध गराउने उद्देश्यले बाणगंगा नगरपालिकाको भवन भित्रै बैंकको एक्स्टेटन्सन काउन्टर सञ्चालनमा ल्याईएको बैकंका शाखा प्रबन्धक पुनाराम खासुले बताउनुभयो ।

अब नगरपालिकालाई तिर्नुपर्ने विभिन्न शिर्षकका राजश्व रकम बैंकमा गई लाईन बसेर तिनुपर्ने समस्या पनि हल हुने भएको छ ।

वाणगंगा नगरपालिकाका नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रशासकिय अधिकृत बासुदेव खनालले कार्यक्रममा बोल्दै एक्सटेन्सन काउन्टरबाट नगरवासीले धेरै सेवा सुविधा लिने बताउदै यसबाट लाभान्वित हुन सबैलाई आग्रह समेत गर्नुभएको थियो ।

कृषि विकास बैंक लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवको अध्यक्षता, कृषि विकास बैंक लिमिटेड शाखा ४ नम्बर जितपुर शाखा प्रबन्धक पुनाराम खासुको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन कृषि विकास बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत नवराज गौतमले गर्नुभएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, शिक्षा अधिकृत खिम बहादुर जिसि, वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारी, बैंकका सुचना अधिकारी कृष्ण प्रसाद शर्मा लगायत बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर १३, सोमबार १८:५०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech