
लुदअ कपिलवस्तु, १८ मङ्सिर
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.६ बगहामा एक पुरुषको शव फेला परेको छ । बगहा बाटो नजिकै रहेकोे खाल्डोमा चम्पा बोहराको २५ बर्षीय छोरा टिका बहादुर बोहरा शनिबार ४ बजे मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिनुभयो ।
मृतकको पहिचान खुलेको र शव पोस्टमार्टमको लागि तौलिहवामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । शुक्रबार राति १ बजे घरबाट हराएको भन्ने थाहा पाएपछि प्रहरीले खोजि कार्य जारी राखेको थियो । मृत अवस्थामा भेटिएका बोहराले पहिलेदेखि औषधी सेवन गर्दै आईरहेको खुलेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।