
हरि आचार्य, कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्यमा कपिलवस्तुका ध्रुब बहादुर रायमाझी निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट रायमाझी विजयी भएका हुन् ।
कपिलवस्तुमा राप्रपाको सक्रिय राजनिति गर्दै आएका रायमाझी युवा नेताका रुपमा चिनिन्छन् ।
रायमाझीले आफुलाई केन्द्रिय सदस्यमा विजयी गराउन मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी नेतृत्व सबैलाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । उनले पार्टीलाई मजबुत र बलियो बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिविद्धता व्यक्त गरे ।