
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले स्वयंंसेवक आफैमा परोपकार संग जोडिएको भन्दै यसको तुलना अर्थ संग गर्न नसकिने बताउनुभएको छ । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंंसेविका दिवसको अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको एक कार्यक्रममा अधिकृत खनालले स्वयंसेविकाले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदान प्रशंसनिय रहेको बताउनुभएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका अधिकृत खनालले दिवसको शुभकामना व्यक्त गर्दै स्वयंसेविकाले गरेको कामको नगरपालिकाले उच्च मुल्याङकन गर्ने भन्दै आफ्नो कामलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो ।
‘स्वस्थ जीवन शैली हाम्रो आवश्यक्ता, संकट न्यूनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका’ भन्ने मुल मर्मलाई पुरा गर्न स्यवंसेविकाको अहम भुमिका रहेको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा ३ जना स्वास्थ्यका कर्मचारी र २० जना उमेर हदका कारण सेवा निवृत्त स्वयंसेविकालाई सम्मान गरिएको थियो ।