मिलन सामुदायिक बनको अध्यक्षमा पुन , कुुवर निर्वाचित

[sharethis-inline-buttons]

डिभिजनल बन कार्यालय रूपन्देहीका प्रमुख बोधराज सुवेदीले उपभोक्ता समुहका आम उपभोक्ताले चोरी तस्करी रोक्न पहल गर्नु पर्नेबताउनु भएको छ । प्रमुख सुवेदीले सरकारले खुल्ला नीति लिएर देशको साझा सम्पत्तिलाई समूह मार्फत उपभोक्तालाई हस्तान्तरण गरेको बताउनु भएको हो ।
मिलन सामुदायिक बन उपभोक्ता समुह देवदहको तेर्हौ बार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनमा वहाँले उक्त कुरा बताउनु भएको थियो । समुहका अध्यक्ष तेज बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष कुँवरले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष चोलाकान्त शर्मा पराजुलीले आर्थिक प्रतिवेदन वाचन गर्नुभएको थियो । कार्यक्रममा देवदह सब डिभिजन बनका प्रमुख चन्द्र बहादुर रानाभाट,गाँउबन समन्वय संजालका अध्यक्ष खेम नारायण अधिकारी,रोहिणी।सामुदायिक बनका अध्यक्ष चन्द्रबहादुर रसाईली,समुहका पूर्व उपाध्यक्ष शेर बहादुर तामाङले सामुदायिक बनको सुधारको बारेमा मन्तब्य राख्नु भएको थियो ।समुहमा उपाध्यक्ष केशबिर दर्लामीको स्वागत तथा सचिव दिलिप पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिबेशनले पुुन तेज ब कुंवर अध्यक्षतामा १५ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । जसको बरिष्ट उपाध्यक्षमा केशबिर दर्लामी ,उपाध्यक्षमा दिल ब पुुन ,सचिवमा सरिता नेपाली ,सहसचिव कल्पना बुुढा ,कोषाध्यक्षमा चोलाकान्त शर्मा रहनुु भएको छ । त्यसैगरि समितिको सदस्यमा लम्मी क्षेत्री लगायत रहनु भएको छ ।
त्यसैगरी लेखा समितिको संयोजकमा गगां ब थापा ,र सदस्यहरुमा चोलीमाया राना , मिना पौडेल रहनु भएको छ ।

 


प्रकाशित : २०७८ मंसिर २१, मंगलवार १८:१८