ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ई–सेवा कपिलवस्तुद्धारा एजेन्ट अन्तरक्रियाः यस्तो छ मोवाईल देखि स्कुटर सम्मको उपहार योजना

लुम्बिनी दर्पण २०७८ मंसिर २४, शुक्रबार १३:५२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
ई–सेवा कपिलवस्तुको आयोजनामा एजेन्ट भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पिस हिमालय रिसोर्ट ठाकुरापुरमा सम्पन्न कार्यक्रममा ई–सेवा एजेन्टहरुको उपस्थिती रहेको थियो ।

सन २०१७ सालबाट नेपाल राष्ट्र बैंकले अनुमति दिएको ई–सेवा त्यसलगत्तै नेपाल टेलिकमद्धारा सम्मानित भएको थियो । त्यस्तै ई–सेवाका नेपाल भर १ लाख ५० हजार बढि एजेन्ट भएको र ५० लाख बढि प्रयोगकर्ता रहेको पनि कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा यहि मंसिर १५ गते देखि २०७९ बैशाख १४ सम्म मोवाईल देखि स्कुटर सम्मको बम्पर उपहार योजना तथा अन्य योजनाहरुको स्पष्ट पारिएको थियो । सोहि योजना अन्तर्गत मोवाईल टपअप, ईन्टरनेट अर्थात टिभि पेमेण्ट, आन्तरिक तथा बाह्रय उडान टिकट, रेमिट्यान्स, ईन्स्योरेन्स, खानेपानी, विद्युत विल, एजुकेशन शुल्क पेमेण्ट गर्न सकिने छ ।

साथै ई–सेवा मार्फत क्यु आर पेमेन्ट, बैंक ट्रान्सफर्म, ब्रोकर पेमेण्ट, एरलाईन्स मर्सेन्ट टपअप, क्यास ईन. लगायतका विभिन्न कारोबार गर्न सकिने बताईएको छ ।

एजेन्टहरुलाई प्रशिक्षण दिंदै ई–सेवा कपिलवस्तुका ईन्चार्ज प्रदिप अर्यालले सोहि योजना अन्तर्गत ७५ लाख देखि १ करोड सम्मको कारोवार गरेमा ल्पायटप, १ करोड देखि १ करोड २५ लाख सम्मको कारोवार गरेमा म्याक बुक र १ करोड २५ लाख भन्दा बढीको कारोवार गरेमा स्कुटर उपहार प्रदान गरिने बताए । त्यस्तै अफरमा पर्नका लागि कम्तीमा ३ वटा मर्सेन्ट को भुक्तानी हुनुपर्ने र एउटा मात्र मर्सेन्टको भुक्तानी गरेमा बम्पर अफरको आवश्यक कारोवारको ६० प्रतिशत मात्र कुल कारोवारमा समावेश गरिने पनि एजेन्टहरुलाई जानकारी गराएका थिए ।

एजेन्टहरुको जिज्ञासाको जवाफ दिंदै ई–सेवा केन्द्रिय कार्यालयका चिफ म्यानेजर आशिष गौतम, लुम्बिनी, कर्णालि र सुदुरपश्चिमका ईन्चार्ज कमल सापकोटाले जतिसक्दो ई–सेवाको प्रयोगलाई बढाउन अनुरोध गर्दै आएका समस्याको तत्काल समाधान गर्ने बताए । त्यस्तै एजेन्टको प्रयासलेनै ई–सेवा यो स्थान सम्म आएको बताउदै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा कर भुक्तानी गर्दा, विद्युत, खानेपानी, ईन्स्योरेन्स, विद्यालय लगायतका विविध क्षेत्रमा कारोवार गर्दा इ–सेवा नै उत्तम विकल्प रहेको बताए ।

कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विश्व कार्कीले ई–सेवाले समयको बचत, खर्चमा मितव्यीता लगायत विभिन्न फाईदा पुग्ने बताए । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष समेत रहेका कार्कीले वाणगंगा खानेपानीमा पनि ६० प्रतिशत उपभोक्ताले ई–सेवा मार्फत भुक्तानी गरेको बताउँदै विभिन्न समस्या समाधान गर्न आवश्यक रहेको बताए । समाजलाई डिजिटलाईजेशन बनाउँन र सहजताका लागि ई–सेवाको अहम भुमिका रहेको बताए ।

कार्यक्रमका अध्यक्ष ई–सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । प्रमुख क्षेत्रीले आई परेका समस्या समाधान गर्न आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा मार्फत ई–सेवाको प्रयोग गरि १ लाख रिवार्ड पु¥याएकोले साझा किराना पसल पिपराका प्रोप्राईटर सन्तोष पोख्रेललाई ल्याप्टप सहित सम्मान गरिएको छ । सम्मान ग्रहण गर्दै पोख्रेलले थप हौसला प्रदान भएको भन्दै आगामी दिनमा अझै सक्रियताका साथ काम गर्ने बताए ।

ई–सेवा कपिलवस्तुका प्रमुख खिम बहादुर क्षेत्रीको अध्यक्षता, बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विश्व कार्कीको विशिष्ठ आतिथ्यता, व्यबस्थापक अनिमा खरेल, माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारीका अध्यक्ष रविलाल भट्राई लगायतको आतिथ्यता तथा ई–सेवा बुटवलका म्यानेजर गोबिन्द खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा ई–सेवाका १ सय बढी एजेन्टहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर २४, शुक्रबार १३:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech