कपिलवस्तुको पर्यापर्यटकीय क्षेत्र राजापनीमा अब प्रवेश शुल्क लाग्ने

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुस १७
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. स्थित राजापानी सामुदायिक वन उपभोक्ता समुहले प्रवेशमा टिकट लिने कार्यको शुरु गरेको छ । शुक्रवार वनले आयोजना गरेको प्रवेश टिकट उद्घाटन कार्यक्रम गरेसंगै अब प्रवेशमा टिकट लाग्ने भएको हो । लुम्बिनी प्रदेशका संनसद बिष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले संयुक्त रुपमा रिवन काटी टिकट समेत काटेर उद्घाटन गरेका थिए ।

उद्घाटनका क्रममा प्रदेश सांसद विष्णु पन्थीले राजापनी वन साच्चिकै पर्यापर्यटन क्षेत्रमा अगाडि बढेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद पन्थीले वनलाई कपिलवस्तु जिल्ला हुंदै समग्र लुम्बिनी प्रदेशमै पर्यटनको क्षेत्रमा उत्कृष्ट आफु लागिपरेको बताए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि बाणगंगाका मेयर मंगल प्रसाद थारुले राजापानीलाई बाणगंगा नगरपालिकाले नगरको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए । उनले राजापनी सामुदायिक वन विभिन्न सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यापर्यटन क्षेत्रमा पनि अगाडि बढेकाले प्रत्येक बर्ष बजेट विनियोजन गरेको बताए ।

त्यस्तै वनका अध्यक्ष ढाकाराम अधिकारीले राजापनी वन क्षेत्रलाई उत्कृष्ट पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने क्रममा प्रवेशमा टिकट सहित शुल्क लिने यबस्था सुरु गरिएको बताए । वनलाई यो अवस्था सम्म ल्याउनका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामि दिनमा सहयोगको अपेक्षा गरेको बताए ।

 

कार्यक्रममा वनका पुर्व अध्यक्ष बर्तममान पदाधिकारी, जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
वनका उपाध्यक्ष नर बहादुर चौधरीको स्वागत मन्तब्य तथा सचिव सीता देवी पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 


प्रकाशित : २०७७ पुष १७, शुक्रबार ११:३५