७ नं. वडाद्धारा ढाई सय ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो सल र मास्क वितरण (भिडियो सहित)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, पुस १७

युग र वडावासीको मागलाई मध्यनजर गर्दै अगाडि बढेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ७ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ७० बर्ष पुगेका २ सय ५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष बिष्णु गिरिले जानकारी दिएका छन् । वडा कार्यालयको आर्थिक बर्ष २०७७/७८ को ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत विनियोजन गरिएको १ लाख ५० हजार बजेटबाट उक्त कार्यक्रम गरिएको वडा सचिव कृष्ण प्रसाद खनालले लुम्बिनी दर्पणलाई बताए । प्रत्येक ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप टिका सहित एक/एक ओटा न्यानो सल र मास्क प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले वृद्धवृद्धाहरुलाई वडाले गरेको सम्मान राणाशासन, राजतन्त्र र पञ्चायतकाल हुँदै अहिले संघिय लोकतान्त्रिक सरकारको यो उपलब्धि रहेको बताए । अधिकारीले वडाको यो कार्यक्रमले वृद्ध बुवाआमालाई सम्मान, सद्भाव र प्रेम गर्नुपर्छ भन्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले सम्पुर्ण ज्येष्ठ नागरिकलाई सम्मान गर्ने दायित्व जनप्रतिनिधिको रहेका भन्दै वडा नं. ७ लाई धन्यवाद व्यक्त गरे । फरक प्रसंगमा उनले देशलाई ठुलो दुर्घट्नाबाट बचाउनका लागि सच्चा राष्ट्रभक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर संसद विघटन गरेको बताए ।

विशिष्ट अतिथि बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले नगरका सबै जनप्रतिनिधि मिलेर सबै वालवालिका, वृद्धवृद्धा तथा सम्पुर्ण नगरवासीको अपनत्व हुने गरि काम भईरहेको बताए ।

त्यस्तै वडाध्यक्ष बिष्णु गिरीले हामी सबै वृद्धवृद्धा हुने अवस्था आउने भन्दै सम्पुर्ण ज्येष्ठ नागरिकको सु–स्वास्थ्य दिर्घायुको कामना गरे । कार्यक्रमका अध्यक्ष समेत गिरिले भौतिक विकास निर्माणले मात्र वडा संमृद्ध नहुने भन्दै विकास निर्माणसंगै लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाईएको बताए । अहिले सम्मान गरेका ज्येष्ठ नागरिकहरुलाई अर्को बर्ष पनि निरन्तर रुपमा सम्मान गरिने बताए । वडाध्यक्ष गिरिले वडाका सम्पुर्ण वालवालिका, वृद्धवृद्धाहरुका लागि सम्मान, खोप, शिक्षा, स्वास्थ्य लगायत विभिन्न कार्यक्रम ल्याउने लुम्बिनी दर्पणलाई बताए । उनले वडामा अहिले सम्म भएका विकास निर्माणको बारेमा पनि स्पष्ट पारेका थिए । गिरीले जुन पार्टीबाट चुनाव लडेपनि वडाध्यक्षमा निर्वाचित भईसकेपछि निश्पक्ष रुपमा सम्पुर्ण वडावासीलाई समावेश गरि विकास निर्माणलाई तिब्रता दिएको बताए । उनले चुनावमा दिएको मतको सधै कदर गर्दै मतको अपमान कहिल्लै नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

मन्तब्य दिंदै वडाध्यक्ष गिरि भिडियो पनि

वडाका चालु आर्थिक बर्षका योजनाहरु क्रमशः प्रभावकारी रुपमा सम्पन्न गर्दै अगाडि बढेको वडा सचिव कृष्ण प्रसाद खनालले बताए ।

कार्यक्रममा समाजसेवी नेत्र गिरि, सञ्चारकर्मी चन्द्रकान्त न्यौपानेले मन्तब्य राख्दै वडाको कार्य उदाहरणिय रहेको बताए ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । वडा सचिव कृष्ण प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष १७, शुक्रबार १२:१४