हरि आचार्य कपिलवस्तु, पुस २३
शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.वाणगंगा कपिलवस्तुको आयोजनामा आज निःशुल्क जापनिज सेमिनार सम्पन्न भएको छ । कोरोनाको महामारीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालनाका साथ संचालन गरेको जिल्लामै उत्कृष्ट उक्त सेन्टरले जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै वृहत निःशुल्क सेमिनार सम्पन्न गरेको सेन्टरका प्रमुख असिम क्षेत्रीले बताएका छन् ।

विगत १० बर्ष देखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श दिंदै आएका परामर्शदाता राजेश पाण्डेले स्टुडेण्ट भिसा सम्बन्धि परामर्श दिएका थिए ।
कार्यक्रममा २० जना अध्ययनका लागि जापान जाने विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

परामर्शदाताले अध्ययनका लागि जापान जाने बिद्यार्थीहरुलाई भाषा अध्ययन, कागजात तयार, निवेदन पठाउने कार्य, लाग्ने शुल्क लगायत सम्पुर्ण गतिविधिहरुबारे स्पष्ट रुपमा जानकारी गराएका थिए भने भने जापान पुगिसकेपछि हुने सम्पुर्ण क्रियाकलापको बारेमा प्रस्ट पारेका थिए ।

सेन्टरका प्रमुख क्षेत्रीले सेमिनारमा उत्साहपुर्वक विद्यार्थीहरुको उपस्थिती रहेकाले उनीहरुले आवश्यक ज्ञान हासिल गरेको विश्वास व्यक्त गरे । उनले लुम्बिनी लर्निङ्ग सेन्टरले अध्यापन गराएर शुल्क लिने काम मात्र नगर्ने भन्दै विद्यार्थीहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढ्दै जाने बताए ।

विक्रम संवत २०७२ सालमा स्थापना गरिएको लुम्बिनी लर्निङ्ग सेन्टर प्रालिले कोरियन, जापनिज लगायत विभिन्न भाषा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् ।
प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ ।

प्रमुख क्षेत्रीका अनुसार लकडाउनको समयमा यसै क्षेत्रका कतिपय कन्सल्टेन्सी बन्द भए, कतिपय संस्थाले विद्यार्थीहरुबाट अधिक शुल्क लिए भने लुम्बिनी लर्निङ् सेन्टर प्रालि विद्यार्थीको समस्या र मागलाई सम्बोधन गर्दै अगाडि बढिरहेको छ । उनले लकडाउनमा रोकिएको कोर्षको पुरानै शुल्कमा समायोजन, बाहिरि जिल्लाबाट आएकालाई विशेष छुट, कर्मचारीलाई उचित व्यबस्था, स्वास्थ्य मापदण्को पुर्ण पालना गर्दै शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताए । शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले विद्यार्थीको उपस्थिती सक्रिय रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *