कपिलवस्तुको बाणगंगामा प्रहरीको छापा: लागु औषध सहित १ जना पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, पुस २४
कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नं. ४ सिद्दिपुर बाट १ जनालाई रंगेहात पक्राउ गरेको हो । गोप्य जानकारीको आधारमा विहिवार साँझ गरिएको अप्रेशनमा रिना सेन को घर कोठामा लागु औषध प्याकिङ गर्दै गरेको भनि स्थानिय द्धारा सुचना पाएपछि ती युुवकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक दिनेश गुरुङ्ले लुम्बिनी दर्पणलाई बताएका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.३ ठाटिका ३१ बर्षिय रिषी थारु रहेका छन् । उनी सिद्दिपुर होराईजन स्थित रिना सेन को घरमा काम गरी बस्ने गरेको खुलेको छ । लागु औषध कारोवारमा रिना सेन पनि संलग्न रहेको प्रहरीले जनाएको छ । खान तलासि बाँकि रहेकोले उनको घरको एउटा कोठा स्थानिय, जनप्रतिनिधीको रोहबरमा सिल गरीएको छ ।

थारुले प्याकिङ गर्दै गरको १.९५० ग्राम ब्राउन सुगर बरामद गरीएको ईलाका प्रहरी कार्याल पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताए । उनले आफु लागु औषध रहित समाज निर्माण गर्ने उद्देश्यले काम गरेको र कसैले पनि डर नमानि प्रहरीलाई गोप्य सुचना दिन आग्रह गरेका छन् । उनले पछिल्लो समय लागु औषध कारोवारी र सेवन कर्ताहरु लाई प्राय दैनिक जसो नियन्त्रणमा लिन सफल भएका छन् ।


प्रकाशित : २०७७ पुष २४, शुक्रबार ०१:२५