
पार्बती आचार्य कपिलबस्तु पुस २४
बाल मैत्री घोषणा गर्नका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ ले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । आधारभुत तहका बिद्यालयका बालबालिकाहरुलाई होराईजन अंग्रेजी आवासिय माध्यमिक बिद्यालयमा हाजिरी जवाफ प्रतियोगिता गरिएको हो ।
उक्त प्रतियोगितामा बाणगंगा माबि , शान्ती आधारभूत बिद्यालय डुंगा , शिद्धार्थ आधारभूत बिद्यालय गजेहडा , बाल ज्योती इंलिस बोणिङ् स्कुल गजेहडा र होराईजन अंग्रेजी आवासिय माध्यमिक बिद्यालय सिद्धिपुरका बिद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको वडा कार्यालयले जानकारी दिएको छ ।
प्रतियोगितामा बाणगंगा माबि सिद्धिपुर प्रथम, द्वीतीय होराईजन अंग्रेजी आवासिय माध्यमिक बिद्यालय र सिद्धार्थ आधारभूत बिद्यालय गजेहडाले तृतीय पुरस्कारले पुरस्कृत भएका थिए ।
बाणगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी गणेश बहादुर क्षेत्रीले हाजिरी जवाफमा सोधिने ज्ञानका कुराहरुले बालबालिकाहरुको क्षमता बृद्धि हुने बताए ।
सो कार्यक्रममा वडा बाल सञ्जालका अध्यक्ष सबिना थापाको अध्यक्षतामा वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता , नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर निसीको बिशिष्ट आतिथ्यता रहेको थियो । भने वडा महिला सदस्य तथा बालबालिका वडा समिती संयोजक इन्दीरा पन्तको स्वागत तथा सञ्जालका सचिव सृष्टि भुर्तेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षकहरु , बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

