इन्सेक कपिलवस्तुद्धारा बुद्धभूमिमा खाद्य अधिकार विषयक अन्तरकृया सम्पन्न

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु पुस २४
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजना र मानवअधिकार समुह बुद्धभूमिका्े समन्वयमा पुस २४ गते बुद्धभुमि नपा २ गोरुसिहेंमा खाद्यअधिकारको अवस्था विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी बुद्धभुमि नगरपालिका प्रमुख प्रशासकिय अनिल पौडेलले नगरपालिकाले खाध्यबस्तुको गुणस्तर जाँचं तथा बजार अनुगमनको थालनी भएको तर अहिलेलाई दण्डात्मक भन्दा निरोधात्मक ,उपाचारात्मक सुधारात्मक कार्य हुदै गएको बताउनु भएको छ । वहाले हामी जरिमाना कारवाही गर्नु भन्दा पनि सुधारात्मक तरिकावाट बजार अनुगमन गर्ने कार्य गरेको बताउनु भयो ।

अधिकृत पौडेलले बुद्धभुमि नगरपालिकामा खाध्य र पोषण सम्बन्धमा नगरपालिका स्तिरिय पोषण निर्देशक समिती गठन गरी विभिन्न कार्यक्रम संचालन गर्न थालेको बताउनु भएको छ । नेपाल सरकारले आफ्नै कार्यक्रम अन्तरगत पोषण सम्बन्धी कार्यक्रम संचालन गर्न भन्दै २५देखि २८लाख सम्म बजेट विनियोज गरेको बताउनु भयो । यस नगरपालिकाको वडा न ५,६७,८ र १०मा १२ ओटा समुह गठन गरि हजार दिनका सुत्केरी आमाहरुलाई पोसिलो खाना ,पोषण झोला, केराका विरुवा ,मेवाका विरुवा वितरण लगाएतका सेवा उपलब्ध गराइने जानकारी दिनु भयो ।

प्रमुख अधिकृत पौडेलले आवासको अधिकार सुनिश्चित गर्नका लागी १० वर्ष देखि नियमित आवादी गरेका र बसोवास गर्दै आएको नागरिकलाइ जग्गा उपलब्ध गराउन थालनी भएको छ । यस्तै जनता आवास कार्याक्रम, सुरक्षित आवास र खरका छाना मुक्त गर्ने कार्यक्रम संचालन गर्न कार्यविधि बनिसके र आन्तरिक रुपमा १५ दिने सुचना समेत प्रकासित भएकोले केहि दिन भित्रै जनता आवास , सुरक्षित आवास र जस्तापाता वितरण कार्या शुरु हुने बताउनु भयो ।

यसै गरि अधिकृत पौडेलले कृषि र पशु मा प्रशस्त बजेट विनियोजन गरिएको भन्दै उत्पादनमा आधारित अनुदान कार्यक्रम ५०÷५०, ७०÷३० र ८०÷२० जस्ता कार्यक्रम रहेकोले नगरपालिकाका सुचना नियमित हेर्न र माग गर्न किसानहरुलाई समेत आग्रह गर्नु भयो । यस्तै स्वस्थ्य स्वयसेविका लाई नेपालसरकारले दिने सुविधा बाहेक वार्षिक १० हजार रुपैया प्रोत्साहन स्वरुप दिने थालनी गरेको बताउनु भयो ।

यसै गरि कृषि शाखा प्रमुख देविराम बेलवासेले बुुद्धभुमि नगरपालिकाले यस आवमा कृषि र पशु शाखालाई नगरपालिका, प्रदेश सरकार र संघिय सरकारवाट ३करोड १९ लाख बजेट विनियोजन गरेको भन्दै विपन्न परिवारलाई लक्षित कृषि कार्यक्रम तथा चाक्लाबन्दी गरि ब्यावसायिक खेति कृषिमा यान्त्रीकरण सहुलियत दरमा कृषि क्रण कृषकले उत्पादन गरेको कृषि उपजको बजारको सुनित्सित गर्ने जस्ता कार्यक्रम संचालन गर्ने बताउनु भयो । यस्तै बुद्धभुमि नपा सामाजिक शाखा प्रमुख अम्रिता पाण्डेले खाध्य तथा पोषणको अधिकार सुनिश्चितका लागी नागरिलाई सचेत गराउने उदेस्यले यस नगरपालिकामा खाध्य मेला प्रर्दशनी गर्ने थालिएको बताउनु भएको छ ।

यस्तै पशु विकास शाखाका प्रतिनिधि खिम बहादुर टण्डनले बुद्धभुमि नपा खाध्य बस्तु तरकारी र माशुजन्य बस्तुवाट आत्मनिर्भर भएको भन्दै नागरिकको खाध्य सुरक्षाका लागी बजार देखि भान्सा सम्म गुणस्तर र पोषण युक्त खानका लागी विभिन्न कार्यक्रम तथा बजार अनुगमन गर्ने गरेको बताउनु भयो ।

यस्तै इलाका प्रहरी कार्यालयका गोरुसिहेका सई दिपक बस्याले खाध्यअधिकार र उपभोक्ता हित संरक्षण संबन्धी ऐनमा गुणस्तरहिन खाध्य बस्तु उत्पादन गर्ने विक्रि वितरण गर्ने , र नागरिकलाई ठगी गर्नेहरुलाई ५ वर्ष कैद र ५० हजार सम्म जरिमान रहेकोले उपभोक्ता ठगिएमा प्रहरीलाई खबर गरे आफुले कारवाही गर्ने प्रतिबद्धता जनाउनु भयो भयो ।

यस्तै उद्योग बाणीज्य संघ बुद्धभुमिका अध्यक्ष शुभलाल भुसालले इन्सेकले आयोजना गरेको खाध्य अधिकार सम्बन्धी कार्याक्रम तथा आधारपत्रवाट आफुलाई धेरै कुराको ज्ञान हासिल भएको भन्दै यस्ता सचेतनाका कार्यक्रम नगरपालिकाले संचालन गर्नु पर्ने बताउनु भयो । यस्तै होटल ब्यावसायी संघका पुर्व महासचिव निल कुमार श्रेष्ठले उपभोक्ताहरु पनि आफै सचेत हुनु पर्ने बताउनु भएको छ ।

यस्तै भृकुटी माविका शिक्षक सालिकराम भट्टराईले विद्यालयमा जङफुट जस्ता खाध्य बस्तु नियन्त्रण गर्न मावि स्तर सम्मनै विद्यालय खाजा कार्यक्रम संचालन गर्न सुझाव दिनु भयो । यस्तै जिल्ला स्थित मानवअधिकार निगरानी समुहकी सदस्य कस्तुरा सिक्देलले इन्सेकले स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही वनाउन भुमिका खेलेको बताउनु भयो ।

कृषिशाखा प्रमुख देविराम बेल्वासेले नागरिकलाई खाध्य अधिकार सुनिश्चतताको सवालका साथै संविधानमा भएको मौलिकहक र कानुनहरु, अन्तराष्ट्रिय संन्धि सम्झौता र बुद्धभुमि नगरपालिकामा रहेका समस्या र समाधानका उपाए लगाएतका विषयमा आधारपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम मानवअधिकार समुहका उपाध्याक्ष राधा बन्जाडेको अध्यक्षता मानवअधिकार समुहकी सदस्य सुनिता बेल्वासेको स्वागत र मानवअधिकार समुहका सचिव रुपक खनालको संचालनमा सम्पन्न भएको थियो । सो कार्यक्रमको उद्देस्य तथा इन्सेकले संचालन गर्ने कार्यक्रमका विषयमा इन्सेक सहजकर्ता नन्दराम पौडेलले प्रकास पार्नु भएको थियो ।


प्रकाशित : २०७७ पुष २४, शुक्रबार १६:४०