सहयोगी महिला बहुउद्देश्यीय सहकारीको १९ औं साधारण सभा तथा नवौं अधिवेशन

[sharethis-inline-buttons]

पार्बती आचार्य कपिलबस्तु, पुस २४
सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा तथा नवौं अधिवेसन सम्पन्न भएको छ । बाणगंगा नगरपालिका ४ ठाकुरापुर स्थित सहकारीको सभाहलमा सम्पन्न भएको हो ।

बाणगंगा नगरपालिका कार्य समितीका सदस्य तथा साधारण सभाका प्रमुख अतिथी सरितादेवी ढकालले सहकारीको १९ औं साधारण सभाको शुभकामना दिंदै सहकारीमा केन्द्रदेखी आएको निती नियमका बारेमा प्रष्ट पारिन् । उनले अहिलेको नितीले सहकारीलाई चुनौती समेत थपेको हुँदा सचेत भएर काम गर्नुपर्ने बताईन् । यस सहकारीका सदस्य महिलाहरुलाई उद्यमी महिला बनाउनु पर्नेमा जोड दिएकी थिईन् ।

यस्तै वडा नं. ४ की महिला वडा सदस्य इन्दिरा पन्तले महिलाहरुलाई उद्यमी बनाउनकालागि सहकारी समितीका महिलाहरुले कार्यक्रमको मागकालागि वडा कार्यालयमा माग गर्न आग्रह गरिन् । यसैगरी निगरानी समिती समूहकी संयोजक डिला शर्माले स्थानिय सरकार आएपछि सहकारी संस्थालाई नगरपालिकाले बिभिन्न कार्याक्रममा सहभागि गराएकोमा नगरपालिकालाई धन्यबाद दिईन् ।

शिक्षा समिती संयोजक शान्ती चौधरीले रु. २० रुपैंयाबाट बचत गर्न शुरु गर्न थालेको सहकारीले धेरै फड्को मार्न सफल भएको बताईन् । सहकारीकी स्वास्थ्य संयोजक बिनु खनाल र बन समितीका संयोजक मिरा चौधरीले सहकारीले बिभिन्न आरोह अवरोह पारगदैै आएको बताए ।

कार्यक्रममा लेखा संयोजक बिनिता आचार्यले संस्थाद्वारा गरिएको आर्थिक बिवरण लेखा ऐन नियम अनुसार रहेको प्रष्ट पारेकी थिईन् । यस्तै ब्यबस्थापक बिद्या शर्माले आयव्य प्रस्तुत गर्दै १ करोड १४ लाख ३१ हजार १ सय ८१ रिऋ लगानी र बचत ९७ लाख १७ हजार ५ सय ३५ रुपैंयाँ बचत रहेको प्रष्टपारिन् । उनले शेयर पुँजी रकम २० लाख ९८ हजार २ सय रहेको समेत प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रम संस्थाका अध्यक्ष नूमि शर्माको अध्यक्षतामा कोषाध्क्ष नमुना पौडेलको स्वागत तथा सचिव सुनिता सेनको संचालनमा सम्पन्न भएको थियो । सहकारीमा ७ सय ७८ जना सदस्यहरु रहेको सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाले जानकारी दिएको छ ।

यसैगरी संस्थाको अबिधेसनले नूमि शर्मालाई सर्बसहमत पुन अध्यक्षमा चयन गरेको छ । नूमि शर्माको अध्यक्षतामा ११ सदस्य समितीको चयन गरेको जसमा उपाध्यक्षमा रमा पाण्डे , सचिवमा सुनिता सेन , कोषाध्यक्षमा नमुना पौडेल चयन भएका छन् । सदस्यहरुमा रमा पाण्डे , मञ्जु लक्ष्मी सेन , बिष्णु चौधरी , सरिता पौडेल , साबित्रा अर्याल , राज कुमारी थारु र सरस्वती पोखरेल चयन भएका छन् । नव निर्वाचित समितीले संस्थालाई दिगो रुपमा अगाडी बढाउनकालागि सक्रिय भएर कार्य गर्ने प्रतिबद्धता समेत जनाएको छ ।


प्रकाशित : २०७७ पुष २४, शुक्रबार १६:४४