देशका ३ सय ३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले आज विरोध प्रर्दशन गर्दै, यस्तो छ कपिलवस्तुमा तयारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, पुष २५

प्रमूख प्रतिपक्षि दल नेपाली कांगेसले आज प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध सभा गर्दै छ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधि सभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न निन्दनिय कार्य भन्दै कांग्रेसले देशभर विरोधको घोषणा गरेको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यता कपिलवस्तुमा पनि नेपाली कांग्रेसले विरोधका कार्यक्रम तय गरेको छ । सोही अनुसार नेपाली कांग्रेसले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा विरोधको तयारी गरेको जनाएको छ । कपलिवस्तु क्षेत्र नंम्बर १ को विरोध कार्यक्रम प्रदेश सभा क मा पचेहरा र प्रदेश सभा ख को पकडीमा हुने क्षेत्रीय सचिव प्रेमनारायण पौडेलले जानकारी दिए ।

शनिबार बिहान ११ बजे सुरु हुने विरोध तथा प्रर्दशनको तयारी पुरा भएको पनि उहाँले बताउनुभयो । सो विरोध सभामा सहभागी हुन पार्टीका सबै तहका पदाधिकारी तथा भातृ संस्थाहरु र नेपाली कांग्रेस समर्थकहरुलाई सर्कुलर पनि जारी गरेको नेपाली कांग्रेसले बताएको छ । यस्तै जिल्लाका अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेस कार्यक्रताहरु विरोधको तयारीमा लागेका छन ।

उता कांग्रेस केन्द्रिय समितिले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भिर षड्यन्त्रमुलक कार्य भएको ठहर गरेको छ । सोही अनुसार विरोधका कार्यक्रमलाई शसक्त बनाउनका लागि कांग्रेसले पुष २५ गते देशभरका ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रर्दशन गर्ने, माघ ३ गते देशभरका ७५३ वटै स्थानिय तहहरुमा विरोध प्रर्दशन गर्ने र माघ ८ गते देशैभरका स्थानिय तह र वडाहरुमा विरोध प्रर्दशन तथा विरोध सभाको आयोजना गर्ने घोषणा गरेको छ ।


प्रकाशित : २०७७ पुष २५, शनिबार ०३:०७