‘युवा’ कपिलवस्तुको तदर्थ समिति गठन, अध्यक्षमा सापकोटा सर्वसम्मत चयन

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुस २५

युथ युनिटि वेलफेयर एसोसियसन ‘युवा’ कपिलवस्तुको तदर्थ समिति गठन गरिएको छ । संस्थाको संयोजक र सहसंयोजक मात्र तोकेर विभिन्न सामाजिक कार्य गर्दै आएको संस्थाले तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा लक्ष्मण सापकोटा, उपाध्यक्षमा असिम भट्राई, सृजना आचार्य, सचिवमा कोपिला गिरी, सह सचिवमा मधुसुधन भुसाल, कोषाध्यक्षमा पशुपति गिरी तथा सहकोषाध्यक्षमा सागर बन्जाडे सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरोज घिमिरे, माधव आचार्य, विकास भुसाल, संजिता घिमिरे, पबित्रा भुसाल, अनिता पौडेल, प्रविण गौतम, मन्जु थापा क्षेत्री र अर्पण न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन् ।

कपिलवस्तु जिल्लामै पहिलो पटक कपडा बैंक स्थापना गरेको उक्त संस्थाले झापा लगाएत अन्य जिल्लामा पनि त्यहांका स्थानीय संघ संस्था संग संवन्वय गरी न्यानो कपडा वितरण कार्यलाई निरन्तरता दिईरहेको छ । चार नम्बर जितपुर चोकमा कपडा संकलन केन्द्र स्थापना गरि गरिव तथा विपन्न परिवारलाई वितरण गरिरहेको छ भने गोरुसिंगेमा पनि वितरण गरिएको छ ।

तदर्थ समिति गठन गरेसंगै विभिन्न मानविय तथा सामाजिक कार्य गर्दै संस्थालाई नमुना संस्थाको रुपमा अगाडि बढाउने अध्यक्ष लक्ष्मण सापकोटाले लुम्बिनी दर्पण अनलाईनसंग बताए ।


प्रकाशित : २०७७ पुष २५, शनिबार १२:४५