प्रधानमन्त्रीलाई लगाइएको गलत आरोपका कारण एकता प्रकृया संकटमा नेता आचार्य

ByLumbini Darpan Online

२५ पुष २०७७, शनिबार १३:४० २५ पुष २०७७, शनिबार १३:४० २५ पुष २०७७, शनिबार १३:४०

लुदस,पुस २५ ।
नेकपा केन्द्रिय सदस्य तथा अनेरास्ववियु नेता रश्मि आचार्यले प्रधानमन्त्री प्रती दर्ता भएको आरोपपत्रका कारण एकता प्रकृयामा संकट आएको बताएका छन् । अनेरास्ववियू ले कपिलवस्तुको गोरुसिंगेमा आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टी भित्र भएको षडयन्त्रका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु पर्ने अवस्था आएको बताएका छन् । भारतले संविधान निर्माण रोक्न दवाव दिएको बेलामा प्रधानमन्त्री ओलीको अडानका कारण नेपालले संविधान जारी गरेको बताए । जसका कारण संबिधान जारी भयो प्रधानमन्त्रीलाई संविधान विरोधी भनी गलत प्रचार गरेको नेता आचार्यले बताएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य बलराम अधिकारीले नेकपा एक ढिक्का रहेर अगाडी बढेको बताएका छन् । नेकपाका कार्यकर्ता यता र उता भनेर विभाजन गरेका छैनौ । केही साथीहरु सडकमा विरोध गर्न गएका छन् । विरोध गर्न जाने साथी जनताका लागि नभएर पदको लागि बिरोध गरेको बताए ।

सम्बोधनकै क्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले कपिलवस्तुको विकासमा प्रधानमन्त्री ओलीले गरेका कामको चर्चा गरेका थिए । विपक्षीले विकास भएन भनी हल्ला गर्दै हिडेका छन । ओली सरकारको कारण कपिलवस्तु जिल्ला सदरमुकाको सडक कालोपत्रे, हुलाकी राजमार्ग निर्माण , आरटिओ सडक कालोपत्रे, कपिलवस्तु जिल्ला अस्पतालको स्तरोउन्नती, चन्द्रौटामा सरुवारोग अस्पताल, सबै पालिकामा अस्पताल निमार्ण गरी डाक्टरको व्यवस्था समेत गरेको बताए । बिकासका कारण ओली लोकप्रिय बन्दै गएको बताएका छन् ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कार्यालय सचिव झपिन्द्र खत्री, अनेरास्ववियु केन्दीय सदस्य श्याम प्रकाश प्रजापती, टुकलाल गैरेले मन्तव्य राख्नु राखेका थिए । कार्यक्रम उज्वल अधिकारीको संचालन र अनेरास्ववियु जिल्ला संयोजक बावुराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले १०१ सदस्यिय सम्मेलन आयोजक कमिटी समेत गठन गरेको छ । जसको संयोजक बावुराम अर्याललाई तोकेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *