लुदस कपिलवस्तु ।
अखिल नेपाल बाल संघ खरेन्द्रपुरको दोश्रो भेला आज सम्पन्न भएको छ, विपिन भण्डारीको अध्यक्षतामा भएको भेला मा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लकर तथा अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदै , र जातीय समता समाज का जिल्ला सचिव प्रकाश वि.क. ले ,बालबालिकाहरुलाई, अनुशासन, खेलकुद, सरसफाइ, पढाइको महत्व, कोराना भाइरसबाट बच्ने उपायका को बारेमा बताएका थिए ।
भेलाले विवेक कंडेल को अध्यक्षतामा पन्ध्र सदस्सीय अखिल नेपाल बाल संघ खरेन्द्रपूर गठन गरेको छ, जसको उपाध्यक्षम सञ्जु भण्डारी, सचिवमा विक्रम खनाल, कोषाध्यक्षमा सम्झना भण्डारी, र सदस्यहरुमा विपिन भण्डारी, रबिन अदै, पूजा भण्डारी, समीर अदै, अस्मिता पन्थ, बिनिता पौडेल, रोशन भण्डारी, सन्तोष सापकोटा, कपिल भण्डारी, बिहान अदै खुम बहादुर भण्डारी लाई चयन गरेको छ ।
नव निर्वाचित समिति लाई , अखिल नेपाल बाल संघ ,धनगदवा अध्यक्ष गगन बि.के., अखिल नेपाल बाल संघ, नयाँ बस्तीकी अध्यक्ष पूजा कुँवर ले बधाई तथा शुभकामना दिएकी थिइन । भेलाको सञ्चालन विवेक कंडेल र स्वागत समीर अदै ले गरेका थिए भेला पछिको पहिलो बैठकले प्रत्तेक महिनामा विविध कार्यक्रम गर्ने निर्णय समेत गरेको छ।