हाम्रो दिगो बचत सहकारीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, पुस २६
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेड वाणगंगा २ पिपरा कपिलवस्तुको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस १६ गते बाट सुरु भएको प्रतिनिधि मुलक बार्षिक सधारण सभा आर्थिक बर्ष २०७७/७८ का निती तथा कार्यक्रम अवलम्बन गर्दै सम्पन्न गरिएको सहकारीका सचिव सुरेन्द्र पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिए । साधारण सभामा सहकारीका अध्यक्ष शिव कुमार कार्कीले संस्थाले गरेका कार्य तथा आगामि कार्ययोजना, सचिव सुरेन्द्र पाण्डेले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष भगवता अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नंं.२ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले स्थानीय सर्वसाधारणको आर्थिक स्तर उकास्न सहकारीले अहम भुमिका खेलेको बताए । नगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि नगरपालिका र वडा सहकारीसंग सहकार्य गर्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य शान्ता पाण्डे, पुर्व लेखा संयोजक नहकुल शाही लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

सहकारीका अध्यक्ष शिव कुमार कार्कीको अध्यक्षता, वडाध्यक्षंं बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, बाणगंगा नगरपालिका सहकारी शाखाका प्रतिनिधि सन्तोष थापाको विशिष्ट आतिथ्यता, सहकारीका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको कार्यक्रम उपाध्यक्ष बाबुराम घिमिरेको स्वागत मन्तब्य तथा सचिव सुरेन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ पुष २६, आईतवार ०१:४५