बाणगंगा २ मा वन संरक्षण सम्बन्धी २ दिने तालिम सम्पन्न

ByLumbini Darpan Online

२७ पुष २०७७, सोमबार १५:१७ २७ पुष २०७७, सोमबार १५:१७ २७ पुष २०७७, सोमबार १५:१७

लुदअ कपिलवस्तु, पौष २७
वाणगंगा नगरपालिका वडा नम्बर २ मा संचालित वन संरक्षण सम्बन्धी २ दिने तालिम सकिएको छ । यहि पौष २६ गतेबाट वडा कार्यलयमा सुरु भएको तालिममा विभिन्न ८ सामुदायिक वनका एक सय पदाधिकारी सहभागी थिए । तालिममा वनका उपभोक्ताहरुलाई सब डिभिजन वन कार्यलयका प्रमुख खिल बहादुर तामाङ र अमन अर्यालले वन संरक्षण सम्बन्धी प्रशिक्षण दिनुभएको छ ।

उहाले वन संरक्षका उपाय र वन संरक्षणको महत्वबारे जानकारी गराउनुभएको हो । २ दिन सम्म संचालन भएको तालिम निकै प्रभावकारी रहेको सहभागीले बताएका छन् । उनिहरुलाई यस प्रकारका तालिमहरु अन्य दिनमा पनि संचालन गर्न आग्रह गरे ।

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले वनको संरक्षणमा जोडदिनुपर्ने बताउनुभयो । उहाले वनको अपनत्व लिदै यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । समापन कार्यक्रम वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता र सचिव नरेन्द्र पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *