सामाजिक सेवा समुह फाउण्डेसनको १०० न्यानो पडा वितरण अभियान सुरु

लुदअ कपिलवस्तु, पुस २८
सामाजिक सेवा समुह फाउण्डेसनले सञ्चालन गरेको १०० न्यानो कपडा वितरण अभियान अन्तर्गत बाणगंगा माविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । समाज परिवर्तनको सम्बाहक भन्ने नाराका स्थापना भएको उक्त संस्थाले बढ्दो चिसोसंगै न्यानो कपडा वितरण अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक अनिश अधिकारीले बताएका छन् ।

कार्यक्रम माघ ८ गते सम्म गरिने फाउण्डेसनले जनाएको छ । बाणगंगा मावि गजेहडाका विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक राम प्रसाद भण्डारी, सामाजिक सेवा समुह फाउण्डेसन कपिलवस्तुका टिम प्रतिनिधि मनोज शर्मा पाठकले न्यानो कपडा हस्तान्त्रण गर्दै विद्यार्थीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *