राष्ट्रिय जनमोर्चा कपिलवस्तु द्वारा संघर्ष अभियानको घोषणा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

कपिलवस्तु , राष्ट्रिय जनमोर्चा कपिलवस्तु को अगुवा कार्यकर्ता भेला वाणगंगा मा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष तथा विघठित प्रतिनिधि सभा सदस्य दुर्गा पौडेल को प्रमुख आतिथ्यता, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य को अध्यक्ष ता मा सम्पन्न भेलालाई सम्बोधन गर्दै पौडेलले ओली ले आफ्नो पार्टीको निर्णय नमान्दा, हुकुमी शैलीमा अ संवैधानिक कदम चालेको बताएकी थिईन् ।

उनले , देश दुर्घटना तर्फ गएको बताउँदै अ संवैधानिक कदम विरुद्ध संयुक्त संघर्ष को आवश्यकता जरुरी रहेको बताईन् ।,

राष्ट्रिय जनमोर्चा ले गणतन्त्र, धर्म निरपेक्ष को निम्ति सरकारलाई समर्थ , असंवैधानिक कदम चाले पछि फिर्ता लिएको पौडेलको भनाई रहेको थियो ।, भेलामा ने क पा मसाल का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघ का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तु क का केन्द्रीय सदस्य केर सिंह अ दै ,ले बोल्दै संघियता ले देशलाई अप्ठारो पारेको विषय जनताले बुझ्न थालेको बताएका थिए ।

अखिल नेपाल महिला संघकी अम्बिका पौडेल, जनजाति सम्मेलन का जिल्ला अध्यक्ष , नर बहादुर पुन, बुद्धिजीवी सँग का संयोजक तथा पत्रकार शशी सापकोटा लगाएतको आतिथ्य ता रहेको थियो,

भेलाले माघ महिना भरीको संघर्ष, र संगठन अभियान को घोषणा गरेको छ । जस अनुसार पर्चा पम्प्लेट वितरण, माघ,५ गते देखि १० गते सम्म जिल्ला भरी कोण सभा गर्ने , माघ ११ गते देखि २५ गते सम्म सँगठतात्मक अभियान, र माघ ३० गते गोरूसिङ्गे मा र्याली सहित विरोध सभा गरी एक महीने अभियान को समापन गरिने घोषणा गरिएको छ ।
भेलाको सञ्चालन ऋषि राम पोख्रेल, ले र स्वागत रामप्रसाद बेल्वासेको रहेको थियो ।


प्रकाशित : २०७७ माघ १, बिहीबार ०४:२४