नवराज पौडेल
अखिल (छैठौं) कपिलवस्तुको आयोजनामा शिवराज नगरपालिका-३ खरेन्दपुरमा राँकेजुलुस प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरोधमा उत्रिएको अखिल (छैठौं) को केन्द्रीय निर्देशनअनुसार खरेन्द्रपुरमा राँकेजुलुस प्रदर्शन गरिएको हो ।
राँकेजुलुसपछि भएको कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष् देवेन्द्र कुँवरले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानीक भएकाले संसद पुनःस्थापनाको विकल्प नभएको बताएका थिए । उनले आवश्यक परे विद्यार्थीहरुले २०६२-६३ को जनन्दोलनजस्तै प्रदर्शन गर्ने चेतावनी चेतावनी समेत दिएका थिए । प्रधानमन्त्री ओलीले नेपाली जनताको मतलाई कुठाराघात गरेको पनि आरोप समेत लगाएका थिए ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्लाध्यक्ष रिसव आचार्यले प्रधानमन्त्रीको कदम विरुद्ध एक हुनुपर्ने भन्दै सबै विधार्थी सङ्गठनलाई मिलेर प्रदर्शन गर्नसमेत आग्रह गरेका थिए ।
राँकेजुलुसमा अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, समता समाजका जिल्लाध्यक्ष झकबहादुर विक, सचिव प्रकाश बराल, राजमोका जिल्ला कोषाध्यक्ष चेतनारायण खनाललगायतको उपस्थिति रहेको थियो । स्थानियहरुले समेत जुलुसलाई सर्मथन गर्दै स्वतः स्फुर्त सडकमा आएका थिए ।