
मोहन बेल्वासे
साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा नगरपालिका ७ मोतिपुर को आठौ अधिवेसन का लागि दुई सदस्य पदमा निर्वाचन भएको छ ।
निर्वाचनमा पुर्व सांसद एवम् संविधान सभा सदस्य बलराम अधिकारी लगाएत साविक मोतिपुर ५ र ९ का साना किसानका सदस्यहरुले मतदान गरेका छन् । मोतिपुर ५ बाट सदस्य पदका लागि नाथु थारु र कल्पना भट्राई विच प्रतिस्पर्धा भैरहेको छ भने साविक वडा नं ९ मा त्रिपक्षिय भिडन्त भएको हो ।
साविक वडा नं ९ मा दुर्गा थापा , गंगा कडेल,सिता भट्राई विच प्रतिस्पर्धा भएको हो अन्य ७ वडामा भने यस अधि नै सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । आजै सवै समितिको निर्वाचन हुने जनाईएको छ ।
संस्थाको अध्यक्ष पदमा पुन भिम प्रसाद सापकोटा निर्विरोध हुने भएका छन् भने अन्य १ उपाध्यक्ष सहित सवै सदस्य हुनेछन् । उपाध्यक्षमा यस अगाडी राधिका देवि पन्थ पौडेल रहेकी थिईन् भने यस पट्क पनी सो वडा बाट निर्विरोध प्रतिनिधिमा चयन भैसकेकी छन् । अन्य सदस्यमा हरिशंकर पौडेल, भिम थापा, दिलकुमारी के.सी , लक्ष्मी कंडेल, तुलसा पन्थी, निर्विरोध चयन भैसकेका छन् । निर्वाचनको मत आजै गणना हुने र सवै पदमा आजै टु∙ो लाग्ने प्रबन्धक सालिकराम पौडेलले बताए ।

