साना किसान मोतिपुरमा थारु र आचार्य विजयी

ByLumbini Darpan Online

३ माघ २०७७, शनिबार १३:४५ ३ माघ २०७७, शनिबार १३:४५ ३ माघ २०७७, शनिबार १३:४५

मोहन बेल्वासे / भरत कार्की

साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा नगरपालिका ७ मोतिपुर को आठौ अधिवेसन का लागि दुई सदस्य पदमा निर्वाचनको मत सार्वजनिक भएको छ ।

साविक मोतिपुर ५ र ९ का वडामा सहमति नभएपछी निर्वाचन भएको थियो । मोतिपुर ५ बाट सदस्य पदका लागि नाथु थारु र कल्पना शर्मा भट्राई विच प्रतिस्पर्धा भएको थियो । जसमा थारु १६८ मत ल्याएर विजयी भएका छन् भने शर्माको १०२ मत रहेको थियो ।

त्यस्तै वडा नं ९ मा त्रिपक्षिय भिडन्त भएको हो । साविक वडा नं ९ मा दुर्गा थापा , गंगा कडेल,सिता भट्राइ (आचार्य) भट्राई विच प्रतिस्पर्धा भएको थियो । जसमा आचार्यले १३७ मत ल्याएर विजयी भएको निर्वाचन समितिका सदस्य खेतुलाल गिरीले जानकारी दिए ।

अन्य ७ वडामा भने यस अधि नै सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । निर्वाचित सदस्यहरुको सपथगरण भने मंगलवारका लागि तय गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संस्थाको अध्यक्ष पदमा पुन भिम प्रसाद सापकोटा निर्विरोध हुने पक्का भएको छ भने अन्य १ उपाध्यक्ष सहित सवै सदस्य हुनेछन् ।

मतदानमा पुर्व सांसद एवम् संविधान सभा सदस्य बलराम अधिकारीले समेत मतदान गरेका थिए । साना किसान कृषि सहकारी संस्था मोतिपुर जिल्लामै ख्यातिप्राप्त संस्थाको रुपमा पहिचान बनाउदै आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *