कपिलवस्तु सामुदायिक अस्पताललाई बेवि वार्मर हस्तान्त्रण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, माघ ३
जिल्लाको एक मात्र सामुदायिक अस्पताल कपिलवस्तु सामुदायिक अस्पताललाई ज्योति विकास बैंकले बेवि वार्मर हस्तान्त्रण गरेको छ । एक कार्यक्रमको आयोजना गरि बैंकले रु १ लाख बराबरको बेवि वार्मर हस्तान्त्रण गरिएको हो ।

ज्योति विकास बैंकको आर्थिक सहयोगमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेका बेवि वार्म अस्पताललाई प्रदान गरिएको अस्पतालले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको बैंकका क्षेत्रीय प्रमुख कपिल न्यौपानेले बताएका छन् ।

त्यस्तै अस्पतालका अध्यक्ष रामजी सेन, बरिष्ठ उपाध्यक्ष राम प्रसाद गैरे, महासचिव पोम नारायण पौडेल, सचिव चेतना अधिकारी, कोषाध्यक्ष रवि काफ्ले, सदस्य बिष्णु थापा, छविलाल नेपाली, अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेल लगायतले यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरि प्रदान गरिएको उक्त सहयोग प्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष गणेश क्षेत्री, समाजसेवी शक्ति सिं ठकुरी लगायतले अस्पतालको सेवा गुणस्तरिय रहेको बताए । ज्योतिक बैंक जितपुर शाखाका शाखा प्रमुख लक्ष्मण केसीको पहलमा उक्त स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको हो ।


प्रकाशित : २०७७ माघ ३, शनिबार १४:१८