जसपा कपिलवस्तुले भोलि जितपुरमा सरकारको प्रतिगमनका विरुद्ध विरोध प्रदर्शन गर्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, पुस ६
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध देशैभर विभिन्न विरोध प्रदर्शन गरिरहेको छ । सोहि अनुसार जसपा कपिलवस्तुले पनि संसद विघटन विरुद्ध विरोधका कार्यक्रमलाई अगाडि बढाईरहेको छ । सो क्रममा जसपा कपिलवस्तुले भोलि पुस ७ गते चार नम्बर जितपुरमा बर्तमान सरकारको प्रतिगमनका विरुद्ध जनसभा तथा विरोध प्रदर्शन गर्ने भएको छ । उक्त विरोध सभामा पार्टीका केन्द्रिय तहका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

विरोध सभामा जसपा प्रमुख वक्ता केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, पुर्व मन्त्री तथा केन्द्रिय सदस्य दान बहादुर चौधरी, केन्द्रिय सदस्य नारायण खनाल, बिष्णु हरि शर्मा, बोम दर्लामी, डा. कालि पथ शर्मा, पुर्व केन्द्रिय सांसद तथा पार्टीका केन्द्रिय सल्लाहकार राम लौटन तिवारी, लगातयका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने जसपा जिल्ला पार्टी कार्यालयले बताएको छ ।

पार्टीको आन्तरिक झगडा मिलाउन नसेर संसद भंग गर्ने प्रधानमन्त्रीको प्रवृति गलत रहेको भन्दै जनताले दिएको जनदेशलाई वर्तमान सरकारले सम्हाल्न नसकेका कारण संसद र संविधानमाथि प्रहार गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धको उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्ताहरु तथा सम्पुर्णलाई पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले आग्रह गरेका छन् ।


प्रकाशित : २०७७ माघ ६, मंगलवार १२:२९