स्वर्गद्धारी बैशाखे मेलैमा गीतमा बिमलाको दम्दार अभिनय (भिडियो सहित)

लुदस माघ १० ।

स्वर्गद्धारी बैशाखे मेलैमा बोलको दोहोरी गीतमा बिमला सोती को दम्दार अभिनय रहेको छ । गायिका शोभा त्रिपाठी र चित्र अविरलको स्वर रहेको सो गीत भर्खर मात्र बजारमा आएको छ । सुनिता पुनःमगरको शब्द , गौरव गिरीको संगित रहेको यो गितमा बिमला सोती र मोहन पंथी, निच्छल,माया राना मगर र सम्झना बिश्वकर्माले अभिनय गरेका छन् ।

गीतमा बिशाल रोकाको कोरियोग्राफी र प्रकाश बस्नेतको निर्देशन रहेको छ । मौलिक लय र शब्द रहेको गीतमा धार्मिक तिर्थस्थल स्वर्गाद्धारीमा हरेक बर्ष लाग्ने बैशाखे मेलाको बारेमा चर्चा गरिएको छ । गीतको अडियो र भिडियो आलाप रेकर्डिग स्टुडियो मार्फत बजारमा ल्याइएको छ ।

भिडियो ……………….

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *