बाल मावि ब्यवस्थापन समितिको अध्यक्षमा पुनः घिमिरे चयन

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ १२
बाणगंगा नगरपालिका वडा नः १ बैरीयामा रहेको बाल माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा समाजसेवि दोलकराम घिमिरे पुनः सर्वसम्मत चयन भएका छन । बैठकले घिमिरेलाई ब्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अभिभावक भेलाले छानेका ४ अभिभावकबाट थप दुई जना मनोनित गरि कार्यसमितिले पुर्णता पाएको हो । टोपकला बिसि र दोलकराम घिमिरे गरी समितिले २ जनालाई थपेको हो ।

ब्यवस्थापन समितिमा वडा अध्यक्ष बाल कुमारी अधिकारी पन्त र बिद्यालयका प्रार्चाय अर्जुन शाही पदेन सदस्य रहनेछन । अभिभावक भेलाले समितिमा रन बहादुर परियार, गंगाराम थारु, मान कुमारी बिसि र पार्वति हमाललाई चयन गरेको थियो ।


प्रकाशित : २०७७ माघ १२, सोमबार ०२:१५